सुनकोशी गाउँपालिकाले गर्यो महिला स्वास्थ्य स्वयंमसेवीका तथा जेष्ठ नागरिकलाई सम्मान (फोटो फिचर सहित)


सुनकोशी ,ओखलढुंगा १७ असार २०७६:-


सरोकार संवाददातायोगेश तामाङ्ग : सुनकोशी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंमसेविका तथा जेष्ठ नागरीकलाई सम्मान गरेको छ । गाउँपालिकाका प्रत्येक वडाको पाच पाच जना जेष्ठ नागरिक तथा स्वास्थ्यका क्षेत्रमा निरन्तर खटिएका महिला स्वयंमसेवीकाहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले जेष्ठ नागरिकलाई नगद रु ५ हजार रुपैयाँ र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद रु १५ हजार दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।गाउँपालिकाले गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविका र जेष्ठ नागरिकलाई प्रत्यक वर्ष सम्मान गर्दै आएको छ । यस वर्षको सम्मान कार्यक्रमको पहिलो दिन सोमबार वडा नम्बर ५ र ६ का ५ जना जेष्ठ नागरिक र १३ जना महिला स्वास्थ्य स्वायमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिक्रम दाहालले जानकारी दिनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य कार्यक्रमका प्रमुख अतिथि एवं गाउपालिका प्रमुख रुद्र अधिकारीले” महिला स्वास्थ्य स्वायमसेविकाहरुले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको बताउनु भयो ।

त्यस्तै शुभकामना मन्तव्य राख्दै सुनकोसी गाउँपालिका वडा न,५ का वडा अध्यक्ष गोबिन्दराम तामाङले स्वास्थ र सब्य समाज बनाउन स्वास्थ्य महिला स्वयंसेबिकाको अतुलनीय योगदान रहेको बताउनु भयो । उहाले भन्नु भयो “सामाजको पहिलो शिक्षक नै वृद्ध अथवा जेष्ठ नागरिक हो त्यसैले सम्मान गर्नु पर्छ”



Comments

comments

Read More