दमकमा भित्रियो कटिया


२४ असार, झापा । दमक चोकमा रहेको सानिमा विकास बैंकबाट करिब ४ सय मिटर दक्षिण पुगेपछि नबिन खतिवडा कोइलामा माटोको भाडा राखेर केहि पकाईरहेका थिए । त्यो देखेपछि हामी लाई जान्न मन लाग्यो उनले पकाएको परिकारको नाम रहेछ कटिया पछिल्लो केही देन देखि झापाको दमकमा कटियाको चर्चा भैरहेको छ।

दमकमा रहेक पिस ल्यान्ड बेम्बो कटेजमा मात्र पाईने कटिया खान पुर्वका धेरै ठाउहरुबाट मानिसहरु आउन थालेका छन । खसी कुखुराको मासुलाई माटोको भाडोमा हालेर केही मसला हाली कोइला को आगोमा पकाएर बनाईने परिकारलाई कटिया भनिन्छ । हुन त कटिया दमकमा भित्रिएको करिव एक महिना पनि भएको छैन तर यसको माग बड्न थालेको छ। घरयासी मसला प्रयोग गरेर बनाईएको परिकार भएर पनि यो स्वास्थको लागि समेत फाईदाकारी हुने जानकारहरु बताउछन।

कटियाको बारेमा धेरैलाई थाहा छैन तर यो शुद्ध अर्ग्यानिक भएको ब्यवसायी खतिवडा को भनाइ छ। उनि भन्छन् यो पुर्वकै पहिलो हो नेपालका केही ठाउमा मात्र पाइने गर्छ । दमकमा कटिया पाउन थालेपछि पुर्वको धरान,इटहरी इलाम लगायतका ठाउबाट समेत ग्राहक आउने गरेका छन। खतिवडा भन्छन् मैले त्यस्तो केही नयाँ गरेको होइन पुरानो पद्धति मात्र आपनाको हो तर यहाँ एक पटक आउने मानिस धेरै पटक आउने गरेका छन्।

पुर्वकै पहिलो र एक मात्र दाबी गर्ने खतिवडा यो कार्यलाई निरन्तरता दिने बताउछन् खतिवडा भन्छन् सुरुमा आफुले सुनेको र धेरै अध्यान गरेर यो परिकार बनाउन थालेको हु पहिला बनाउदा भाडा माटोको भएकाले फुट्ने गर्थ्यो तर बिस्तारै बानि परिसके । कटिया खानको लागि उनको कटेजमा दिउसो २ बजे देखिनै भिड लाग्न थालेको छ। मानिसहरुले अडर समेत गरेर लाने गरेको उनी बताउछन् ।

Comments

comments

Read More