विपी स्मृति भवनको लागि भोज कुमार श्रेष्ठद्वारा १०१०५० सहयोग

ओखलढुंगा,२५ असार २०७६:

ओखलढुंगामा निर्माणाधीन विपी स्मृति भवनको लागि समाजसेवी तथा युवा नेता भोज कुमार श्रेष्ठले १०१०५० (अक्षररुपि रु एक लाख एक हजार पचास) सहयोग गर्नु भएको छ ।

हाल सम्म पार्टी कार्यालय नहुदा समस्या झेलिरहेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको यो वर्षबाट सुरु गरेको छ । जम्मा लागत रु १ करोड सात लाख इस्टिमेट गरेको उक्त भवन तत्कालिन भौतिक तथा योजना निर्माण मन्त्रि विमलेन्द्र निधिबाट समुद्घाटन गरेर राखेको थियो ।

श्रेष्ठ जिल्ला कार्यसमिति सदस्य तथा सुनकोशी गाउपलिका संयोजक एवं भवन निर्माण समितिको समेत सदस्य हुनुहुन्छ । सहयोग रकमा हस्तान्तरण गर्दै श्रेष्ठले सबैको सहयोग खाचो रहेकोले सबैलाई सहयोग गर्न समेत अपिल गर्नु भयो । सबैले गरे केहि असम्भव नहुने स्मरण गराउदै उहाले भन्ने भयो “कमिलाको हुलले त्यत्रो गड्यौला बोक्छन हामि त झन् सामाजिक प्राणि हौ गरे सबै चिज सकिन्छ मात्रै एकता हुनुपर्दछ” ।

Comments

comments

Read More