सुनकोशी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

मुलखर्क २६ असार २०७६:

श्री गाउपालिका उपाध्यक्ष  ज्यू गाउसभाका सदस्य ज्यूहरु तथा कर्मचारीवर्ग तथा सम्पुर्ण सुनकोशी गाउँपालिकाबासी आमा बुबा दाजुभाइ तथा  दिदिबहिनीहरु¸

“भौतिक¸ आर्थिक र सामाजिक रुपान्तरण हाम्रो अभियान ,सभ्य र समृद्ध सुनकोशी गाउँपालिकावासी बनौ महान” भन्‍ने मुल नाराका साथ सम्पन्न हुन लागेको यस गाउँपालिकाको  ऐतिहासिक गाउँसभामा उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक स्वागत गर्दछु।

पुर्वाधार विकासका सुचकका आधारमा विकट र दुर्गम यस गाउँपालिकामा रहेका अवसर तथा सम्भावनाहरुको पूर्ण उपयोग गर्दै आगामी केहि वर्षभित्र आर्थिक¸ सामाजिक र पुर्वाधारले सम्पन्न एक समृध्द गाउँपालिकाको स्वरुप रुपान्तरण गर्ने तर्फ यस गाउँ सभाद्वारा स्वीकृत निति¸ योजना तथा कार्यक्रमहरुले ठोस रुपमा योगदान पुर्‍याउने विश्‍वास लिएको छु ।

नेपालको संविधान २०७२ अनुसार नेपालको राज्य पुनः संरचनाको क्रममा स्थापना भएका ७५३ स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिका ‌ओखलढुंगा पनि एक हो । जनतालाई अधिकार सम्पन्न बनाउने प्रयास स्वरुप भएको यो पुनःसंरचना पश्‍चात आफ्नो ठाउँको विकासको लागि केन्द्रको मुख ताक्नु पर्ने विद्यमान अवस्थामा सुधार भई स्थानीय तहले स्थानीय स्रोतको परिचालनबाट आफ्नो क्षेत्रको विकास तथा समृद्धिका लागि निर्णय गर्न सक्ने अवस्था निर्माण भएको छ । सो को सुरुवात आज यस गाउँपालिकाले आफैले आफ्ना लागि बनाएका निति तथा कार्यक्रमहरु¸ विकास योजना तथा बजेट निर्माण गरी जनप्रतिनिधिहरुबाट पारित गराई निरन्तरता दिदैछ ।  मूलत स्थानीय तहको निर्वाचन हुदाँ उक्त अर्थिक वर्ष सुरु भइसकेकोले अपेक्षाकृत जनचाहाना अनुरुप कार्यक्रमहरु ल्याउँन नसकिएको भएतापनि आ व ०७५÷०७६ मा भने विस्तृत छलफलको माध्यमवाट ल्याइएको कार्यक्रमहरुले  महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।

  सेवा प्रभाहमा प्रभावकारिता ल्याउँने उदेश्यले वडा कार्यालय सञ्चालनमा ल्याइएकको नियमितता वडा अध्यक्ष कार्यपालिका सदस्य तथा वडा सदस्य साथीहरुको सकृयताले नियमितरुपमा नागरिक हरुले सेवा प्राप्त गर्न सक्नु महत्व पूर्ण उपलब्धी हो । स्वास्थ्य सस्था नरहेका वडाहरुमा इकाइ स्थापना गरि नियमित स्वास्थ्य सेवा प्रदान गर्ने  निजी स्रोतवाट सञ्चालन भएका विघालयका शिक्षकहरुको लागि तलव भत्ता व्यवस्थापन सिकाइ उपलब्धी वृदि को लागि विद्यालहरुमा  सञ्चालन गरिएका कार्यक्रमहरु विद्यालहरुको भवन शौचालय लगायतका सरचना निर्माण गरिनु शिक्षक तथा वालकक्षा सहयोगी कार्यकर्ताहरुको क्षमता विकास सगँ सम्वन्धित कार्यहरु सञ्चालन गर्नु योजना निर्माण तथा सञ्चालन कार्यलाइ सहकार्य र समन्वयमा थप प्रभावकारी वनाउँनु हामी सवैको साझा उपलब्धी हुन । सामाजिक सुरक्षा कार्यक्रमलाइ थप प्रभावकारी वनाउँन तथा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा गाउपालिका सहयोगी वन्ने उद्धेश्यले ल्याइएका कार्यक्रमहरुले नागरिकलाइ थप राहात र सुविधा पुगेको छ । चालु अर्थिक वर्षमा सवै वडा कार्यालयवाट गाउपालिका केन्द्र जोड्ने कच्ची सडक निर्माण गर्ने कार्य सम्पन्न हुने चरणमा छ भने आगमी दिनमा  व्यवस्थित र  १२ महिना नै सवारी साधान चल्ने खालको सडक निर्माणको लागि प्रदेश तथा सघीय सरकार सगँ अनुरोध गर्ने र स्थानीय तहको स्रोतलाइ अधिकतम परिचालन गर्ने निति लिइनेछ ।

 कृषि क्षेत्रमा गरिएको लगानीले अपेक्षाकृत प्रभावकारी परिणाम दिन नसकेको गुनासो अइरहेको सन्दर्भमा यस आ व मा विगत  झै   कृषि क्षेत्रमा कार्य गर्दै अएको प्रयास हेल्भेटास  साना सिचाइ कार्यक्रम राष्टिय कृषक समुह महासघ  सुनकोशी ककनी सामुदायिक विकास मञ्च लगायतका सस्थाहरु समेतको स्रोतको परिचालन गरि कार्यविधि निर्माण गर्दै प्रत्येक वडामा कम्तीमा एक कृषि÷ पशु उद्मम सञ्चालन गर्ने निति लिइनेछ । सोको लागि गाउपालिकाले ५० प्रतिशत अनुदानको व्यवस्था समेत  गर्ने छ ।  यसरी कृषि तथा पशु उद्मम कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहमा नै रोजगारी सृजना भइ आय अर्जन वृदि हुने विश्वास लिइएको छ ।

  यो समयलाई आर्थिक सामाजिक रुपान्तरणको अवसरको रुपमा उपयोग गरी जनचाहना पुरा गर्ने अबको हाम्रो बाटो भनेको तिव्र आर्थिक विकास नै हो । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र निर्माण गर्ने स्वस्थ प्रतिस्प्रर्धात्मक अर्थ व्यवस्था हाम्रो प्रस्थान विन्दु हो । हामीलाई यो अवस्थासम्म ल्याइ पुर्‍याउन अनवरत संघर्ष गर्ने  सम्पूर्ण अग्रजहरु तथा जिवनकै बलिदान समेत गर्ने सम्पूर्ण ज्ञात ÷अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै अब म यस सुनकोशी गाउँपालिका ओखलढुंगाको आर्थिक वर्ष २०७६।०७७को निति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१. प्रत्येक वडाबाट गाउँपालिकाको केन्द्रसम्म जोडिएका सडकहरुको स्तरोउन्नती गर्दै लगिनेछ । २. विधुत विस्तार कार्य प्रारम्भ भएको केन्दिय प्रसारण लाइनलाइ यस आ व भित्रमा सवै वडा केन्दहरुमा पुर्याइनेछ ।वाकी विधुतीकरणाको लागि नेपाल विधुत प्राधिकरण तथा नेपाल सरकार उर्जा मन्त्रालय सगँ अनुरोध गरिने छ । ३. कर्मचारीवाट नतिजामूखी कार्य सम्पादनको लागि विषयगत शाखा र कर्मचारीहरुको मासिक रुपमा कार्ययोजना तर्जुमा र प्रगति समीक्षा गरिने छ साथै जनमैत्री सेवा प्रवाहका लागि कर्मचारीको क्षमता विकास गरिने छ । ४. गाउँपालिका र सवै वडा कार्यालयहरुमा दक्ष कर्मचारी सहित सुचना प्रविधि मैत्री सेवा प्रवाह गरिने छ । ५. यस गाउँपालिकाका गतिविधिहरुलाइ नियमित रुपमा नागरिक समक्ष सार्वजानिक गर्ने उद्धेश्यले स्थानीय सञ्चार माध्यमहरुको सहकार्यमा सुनकोशी गाउँपालिका हिजो  र आज  कार्यक्रम सञ्चालन गरिने छ  । ६. मातृशिशु स्याहार  अन्तरगत सुत्केरी भेट कार्यक्रम सञ्चालन गरिने छ । सोका लागि सुनकोशी गाउँपालिका भित्र रहेका  वर्थिङ सेन्टर वा स्वास्थ्य सस्थाको  प्रेषणमा  नियमित गर्भ परिक्षण गराइ सुत्केरी हुने आमा र शिशु स्याहारको  लागि प्रति सुत्केरी  आमा तिन हजार प्रदान गरिनेछ । ७. विवाहित महिलालाइ कम्तीमा माध्यामिक तहको शिक्षाको पहुच वृद्धि गर्न वुहारी छात्रा वृति कार्यक्रम सञ्चालन गरिनेछ । सोका लागि प्रति वुहारी छात्रा रु ५ हजार वार्षिक छात्रावृति प्रदान गरिने छ । उक्त छात्रावृति प्राप्त गर्नको लागि वैधानिक विवाह भएको हुनु पर्ने छ । ८. ५० वर्ष उमेर पुरा भइ विवाह नभएका एकल महिला लाइ  निजको स्वास्थ्य उपचारको लागि  वार्षिक रु ५ हजार ‌औषधी उपचार खर्च दिइनेछ । ९. विवाह भइ पैतिस वर्ष नपुग्दै महिलाइहरु एकल विधवा भएमा निजलाइ प्रति एकल महिला वार्षिक रु  ५ हजार औषधी उपचार खर्च दिइनेछ १०. सवै भन्दा वढी आन्तरिक श्रोत सङ्कलन गर्ने वडाहरुलाइ प्रथम द्धितिय र तृतियलाइ क्रमश ५ लाख ३ लाख र २ लाख अनुदान थप गरिने छ

११. जनसहभागितापुर्ण तथा विकेन्द्रित विकासमा जोड दिइने छ ।

१२. उपभोक्ता समितिले प्रभावकारी रुपमा कार्य गर्न सकोस भनी सो को गठन लगतै योजनाको संचालन¸ आर्थिक पारदर्शिता तथा योजनाको गुणस्तर लगायतका विषयमा उपभोक्ता समितिलाई अभिमुखिकरण गरेपश्चात मात्रै योजनाको कार्यलाई अगाडि बढाइने छ । साथै प्राविधिक लगत स्टमेट अनुसार कार्य सम्पन्न भइ योजना स्थलमा सार्वजनिक  परिक्षण भएपछि मात्र अन्तिम किस्ता भुक्तानी गरिनेछ ।

१३. मोलुङ तथा सुनकोशी किनारमा रहेका खेतियोग्य तर सिंचाईको अभाव रहेका खेतियोग्य जमिनको लागि सौर्य सिंचाइको लागि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फतका कार्यक्रम संचालनको लागि पहल गरिनेछ

१४. गाउँपालिका केन्द्र तथा अन्य सम्भावित क्षेत्रमा ल्याण्ड लाइन टेलिफोनको सेवा विस्तार तथा यस गाउँपालकाको सबै क्षेत्रमा गुणस्तरीय मोवाइल संचारको लागि आवश्यक टावरहरुको व्यवस्था गर्न नेपाल टेलिकम समक्ष पहल गरिनेछ

१५. यस गाउँपालिकाका सबै घरधुरीहरुमा स्वच्छ खानेपानीको व्यस्था गर्न आवश्यक पहल गरिने छ ।

१६. भूकम्प पिडित परिवारहरुको आवास निर्माण कार्यक्रमलाई थप प्रभावकारी वनाउँनुको साथै गुनासो व्यवस्थापन मार्फत निजी आवस पुननिर्माणको कार्यलाइ तिव्रता दिईनेछ ।

१७. यस गाउँपालिका अन्तरगतका विद्यालयहरुबाट माध्यमिक परीक्षा उत्तीर्ण गर्ने उत्कृष्ट ३।३जना छात्र र छात्राहरुलाई क्रमश १५ हजार¸ १० हजार तथा ५ हजार नगद सहित सम्मानित गरिने छ ।

१८ प्रत्येक वडाबाट एक एक जना सबै भन्दा वृद्ध महिला¸पुरुष¸ दलित¸ जनजाति तथा अपाङ्गलाई नगद रु ५ हजार नगद सहित सम्मानित गरिने छ ।

१९ अस्थायी स्वीकृती प्राप्त विद्यालयहरुको लागि दरबन्दी सहितको स्थायी स्वीकृतिका साथै भौतिक पुर्वाधार¸ शैक्षिक सामग्रि तथा शिक्षक दरबन्दी थपको लागि केन्द्रिय तथा प्रदेश सरकारसँग माग गरिने छ भने यो क्षेत्रका विद्यालयहरुको सिकाइ उपलब्धी वृद्धि गराउने कार्यको लागि विद्यार्थी सङयाको अनुपातमा निजी शिक्षक व्यवस्थापनको लागि  आवश्यक वजेट व्यवस्थापन गरिने छ । 

२०.यस गाउँपालिका क्षेत्रमा प्राविधिक विद्यालयको स्थापना तथा प्राविधिक शिक्षाको विस्तारको लागि पहल गरिने छ । त्यसै गरि गाउँपालिका क्षेत्रमा रहेका सकाइ केन्द्र हरुलाइ थप प्रभावकारी वनाइनेछ  ।

२१. यस गाउँ पालिका अन्तर्गत रहेका विघालयहरुको विघार्थी सख्या भूगोल आधारमाको पूनःनक्साङ्कन गरिनेछ । यस क्रममा विद्यालयहरु गाभ्ने तथा विद्यालयहरुको स्थापना समेत गरिने छ ।

२२. विद्यालयहरुमा मार्शल आर्टस् लगायत खेलकुदको तालिम संचालन गराउन प्रोत्साहित गरिने छ ।

२३. यस गाउँपालिकाको सबै वडामा खेलमैदान स्थापना  तथा   गाउँपालिका स्तरिय सुविधासम्पन्न  खेल मैदान निर्माण गर्ने कार्यको लागि प्रदेश तथा सघीय सरकार समक्ष  अनुरोध गरिने छ ।

२३ महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ठ वार्षिक रु १५ हजार प्रोत्साहन रकम प्रदान गरिने छ । ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ठ रु ५० हजार रकम सहित सम्मानपूर्ण विदाइ गरिने छ । नयाँ महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्दा अनमी¸ अहेव¸ हेअ लगायतबाट नियुक्ति भएमा मासिक रु ५ हजारका दरले प्रोत्साहन प्रदान गरिने छ साथै यसरी नियुक्ती हुने महिला स्वास्थ्य स्वयम सेविकाले स्वास्थय सस्थामा समेत रहि सेवा पुर्याउँनु पर्ने छ ।

२५. यस गाउँपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ परिक्षण शिविर¸ संचालन गरिने छ भने नेपाल सरकारले तोकेका गम्भीर प्रकृतिका विरामीहरुको उपचारका लागि  दिइदै अएको रु २० हजार आर्थिक सहायतालाइ निरन्तरता दिइनेछ  भने पाठेघरको अपरेसन  पश्चात एकमुष्ठ रु  १० हजार रकम प्रदान गरिने छ ।

माथि उल्लेखित स्वास्थ्य उपचार सहयोग लिनको लागि सम्वन्धित अस्पतालको गम्भीर प्रकृतिको रोग पहिचान भएको सिफारिस र पाठेघरको अपरेशन भएको महिलाको  हकमा सम्वन्धित अस्पतालको रिपोर्ट सम्लग्न हुनु पर्ने छ ।

२६. प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापनाको लागि माथिल्लो निकायसमक्ष माग गरिने छ भने सो नभएसम्मको लागि गाउँपालिकाका आवश्यक स्थानहरुमा स्वास्थ्य एकाइ स्थापना  तथा संचालन गरी स्वास्थ्य सेवा प्रदान गरिने छ ।

२७. प्रसुती सेवा सहितको सुविधासम्पन्न अस्पतालको निर्माणको लागि सम्बन्धित निकायसँग पहल गरिने छ ।

२८. यस गाउँपालिकामा एम्बुलेन्सको व्यवस्थाको लागि प्रदेश सरकारदातृ निकाय वा व्यत्ति  समक्ष  माग गरिने छ ।

२९. स्थानिय लोकबाजा संरक्षण तथा सम्बर्धन सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गरिने छ ।

३०. गाउँपालिका अन्तर्गतका तामाङ जनजातिको एकल बसोबास भएको मुलखर्क तथा ककनी क्षेत्रका विद्यालयमहरुमा तामाङ भाषाको अध्यापनलाई  अभिप्रेरित गर्दै अन्य मातृभाषामा अध्यापन गराउँने कार्यलाइ प्रोत्साहित गरिनेछ ।

३१. सुनकोशी गाउँपालिका अन्र्तगतका सम्पूर्ण वडाहरुमा मृत्यु हुने मृतकका आफन्तहरुलाई समवेदना प्रकट गर्दै मृत्यु संस्कारको लागि प्रति परिवार नगद रु ५०००। प्रदान गरिने कार्यलाइ निरन्तरता दिईनेछ ।

३२. यस गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधारको लागि थप कार्यक्रमहरु सञ्चालन गरिने छ ।

३३. नमुना विद्यालयहरुलाई प्रोत्साहन कार्यक्रम यथावत सञ्चालन गरिने छ ।

३४. जेष्ठ नागरिक सम्मान गर्दा गत आ.व.मा सम्मानित हुने वाहेकका जेष्ठ नागरिकलाई सम्मानित गरिनेछ ।

३५. स्वयम सेवकको रुपमा शिक्षण कार्यमा काम गर्न चाहानेलाई प्राथमिकता दिईने छ ।           

३६. विद्यालय स्वास्थ्य कार्यक्रम अन्र्तगत प्रत्येक महिना सवै विद्यालयहरुमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा पु¥याउँने निति लिईनेछ । साथै स्वास्थ्य कर्मीवाट विद्यालयमा शिक्षण गर्न प्रोत्साहन गरिनेछ

३७. गाउँपालिका स्तरिय खेल कुद कार्यक्रम सञ्चालन  गरिने छ ।

३८. राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागि विद्यालयहरुलाई प्रोत्साहित गरिनेछ साथै  जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई यस गाउँपालिका अन्र्तगत रहेका माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेमा उक्त विद्यालयलाई रु १ लाख नगद सहित सम्मानित गरिने छ ।

३९. संभावित पर्यटकिय क्षेत्रको पहिचान गरी पर्यटन प्रवर्धन कार्यक्रम संचालन गरिने छ । धार्मिक तथा पर्यटकिय महत्वका मठमन्दिर गुम्बा इत्यादि  सरंक्षण तथा प्रवद्धन  गरिने छ ।

४०. वन तथा जडीवुटी संरक्षण गर्नुका साथै व्यापारिक महत्वका जडिवुटीको उत्पादन तथा संकलनलाई व्यवस्थित बनाई प्रोत्साहित समेत गरिने छ ।

४१. विभिन्‍न समयमा उत्पादन हुने कृषि उपजको कृषि प्रदर्शनी आयोजना गरी उत्कृष्ट कृषकलाई सम्मान गरिने छ ।

४२. गाउँपालिका क्षेत्रमा दुध डेरी तथा दुध संकलन गर्न दुग्ध चिस्यान केन्द्र तथा कृषि जन्य उत्पादनको संकलन केन्द्र स्थापना गरिने छ ।

४३. यस गाउँपालिकामा स्थापना भई निष्कृय रहेका कृषि सहकारीहरुलाई   सक्रिय बनाउनुका साथै प्रत्येक वडामा  एउटा कृषि सहकारी स्थापना गरिने छ ।  वडाका प्रत्येक घरपरिवारलाइ कम्तीमा एउटा  स सहकारी सस्थाको सदस्यता प्राप्त गर्न अवश्यक व्यवस्था सहित प्रोत्साहित गरिने छ  साथै एक वडा एक महिला सहकारीको अवधारणालाइ अगाडि वढाइनेछ ।

४४. योजना संचालनको क्रममा रोजगारी सृजना गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।

४५. विपन्‍न तथा व्यवसायिक रुपमा कपडा सिलाउँने  व्यतिहरुको लागि कपडा सिलाउने मेशिन खरिदमा आवश्यक सहयोग गरिने छ ।

४६. लैङ्गिक हिंसा तथा घरेलु हिंसाको न्युनिकरण तथा महिला लक्षित कार्यक्रमहरु  महिला विकास शाखा र गाउपालिका स्तरिय आमा समुह सञ्जाल मार्फत विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिने छ।

४७. कर तिर्ने¸  योजना संचालनका क्रममा पारदर्शिता तथा जिम्मेवारीका साथ संचालन गर्ने¸  सेवा प्रवाहमा  सहजीकरण गर्ने¸  विकास निर्माणका पुर्वाधार तथा सार्वजनिक सम्पदा लगायतको संरक्षण¸ समाजमा आपसी सम्मान तथा सद्‍भाव कायम गर्दै शान्तिपुर्ण सामाजिक परिवेशको निर्माण गर्ने लगायतका आम नागरिकका कर्तव्यहरुलाई बोध गराउन विशेष पहल गरिनेछ ।

४८. गाउँपालिकाको स्विकृतिवेगर गैरसरकारी संस्थाहरुका क्रियाकलापहरुलाई गाउँपालिका क्षेत्रभित्र निषेध गरिने छ भने विकास कार्यमा सहकार्य गर्ने विभिन्‍न गैरसरकारी संस्था तथा इच्छुक व्यक्ति वा निकायसँग गाउँपालिकाको उद्देश्य अनुरुपका कार्यक्रम संचालनमा भने सहकार्यात्मक ढंगले अघि बढ्ने निति लिइने छ ।

४९. सेवा प्रवाह तथा विकास निर्माणका कार्य संचालनमा सुशासन¸ पारदर्शिता तथा जवाफदेहिताको मान्यतालाई अवलम्बन गरिने छ ।

५०. यस कार्यालय तथा मातहतका कार्यालयहरुबाट प्रदान गर्ने सेवालाई कम्प्युटरकृत गरिने छ ।

५१. गाउपालिकाको निर्णायले आवश्यकताको आधारमा  कानुनी प्रकृया पुरा गरि वा सेवा निरन्तरता दिइएका कर्मचारीहरुलाइ प्रभावकारीता तथा सेवा प्रवाहमा  दक्षाताको आधारमा सेवा  निरन्तरता दिइने छ ।

५२. यस गाउँपालिका अन्तरगतका साविक गाविस अन्तरगत संचालन भएका विभिन्न योजनाहरुमा वाँकी रहेको पेश्की फछ्यौट लागिआवश्यक पहल गरिने छ ।

५३. विपद्ध व्यवस्थापन योजना तथा कार्ययोजना निर्माण गरिने छ भने । विपद व्यवस्थापन सम्वद्ध निकायसँगको समन्वयमा विपद व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिने छ ।

५४. कृषी क्षेत्रमा बाली बिमा¸पशु विमा तथा आम नागरिकको स्वास्थ्य विमा लगायतका कार्यक्रम संचालन गर्न आवश्यक पहल गरिने छ । साथै दिगो कृषिको माध्यमवाट कृषकको  जिविकोपार्जन सुधार कार्यक्रममा विषेश जोड दिइनेछ ।

५५. स्थानीय स्रोत र साधनको  पहिचान तथा संरक्षण गरिने छ । उक्त स्रोतको परिचालनबाट स्थानीय जनताको आर्थिक वृद्धि तथा विकास गराउने उद्यमशिलताका कार्यक्रमहरु संचालन गरिने छ । 

५६. आधुनिक तरिकाले कृषि ‌औजारको निर्माण गर्नको लाथि आधुनिक आरनको स्थापना तथा संचालन गर्ने कार्यलाई प्रोत्साहन गरिने छ ।

५७. यस गाउँपालिका भित्रका नदी तथा अन्य सार्वजनिक स्थानको लगत सङ्कलन गरि अभलेख अध्यावधिक गर्नुका साथै सरकारी  अमिन द्धारा जग्गा छुटाएर सार्वजनिक हितमा उपयोग गरिने निति लइनेछ ।

५८. निजामती लगायत यस गाउँपालिका अन्तरगत कार्यरत कर्मचारीहरुमध्येबाट नियमितता¸ सेवामैंत्रि व्यवहार¸ निष्पक्षता¸ कार्यतत्परता लगायका आधारमा उत्कृष्ट १ महिला र १ पुरुष कर्मचारीलाई नगद रु १५ हजार सहित सम्मानित गरिने छ।

५९. नेपाल सरकार समक्ष  हाल वितरण भएको सामाजिक सुरक्षा भत्ताको रकम  दोब्बर बनाउन अनुरोध गरिने छ । साथै सामाजिक सुरक्षा भत्तालाई नजिकको टोलबस्तीबाटै वितरण गर्ने तथा सोही दिन जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाईने छ ।

६०. सुक्खा बस्ती तथा डाडाहरुमा  संरक्षण पोखरी निर्माण गर्न प्रोत्साहित गरिने छ ।

६१. जलवायु परिवर्तको आम जनमानसमा परेको तथा पर्न सक्ने  असर कम गर्न जलबायू परिवर्तन सचेतना कार्यक्रम संचालन गरिने छ ।

६२. वातावरणमैत्री विकास पद्वतीलाई विकासको संरचना निर्माणको क्रममा प्राथमिकताका साथ ध्यान दिइ विकास कार्यबाट वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्युनीकरण गर्ने उपायहरुलाई अवलम्बन गरिने छ ।

६३. नाङ्गो पाखा तथा भिरहरुमा वृक्षरोपण ९ पिपल समी०  कार्यलाई प्रोत्साहित गरिने छ ।

६४. न्यायिक समितिको कार्यलाइ थप प्रभावकारी वनाउँन आवश्यक दक्ष जनशक्तीको व्यवस्थापन गरिनेछ ।

६५. गाउपालिकाको पूर्व स्वीकृती ÷सहमति ÷ जानकारी  विना कुनै पनि लघु वित्त कम्पनीहरुलाइ आर्थिक  कारोवार गर्न रोक लगाइनेछ ।यदि त्यस्तो पाइएमा नियमानुसार कडा भन्दा कडा कार्वाहीको प्रकृया अगाडी बढाइने छ ।

६६. माथि उल्लेखित गाउँपालिकाको निति तथा कार्यक्रमलाइ प्रभावकारी कार्यन्वयनका लागि चौमासिक रुपमा प्रगति समीक्षा र थप कार्ययोजना निर्माण गरिनेछ ।

   अन्त्यमा¸  यस ऐतिहासिक अवसरमा यस कार्यक्रमा उपस्थित भई यस  गाउँपालिका परिवारको सुनकोशी गाउँपालिकालाई समृद्ध बनाउने अभियानलाई प्रेरणा प्राप्त भएको अनुभूति  गराउनु भएकोमा सम्पूर्ण गाउँपालिका वासी  वुवा आमा दाजुभाई दिदि वहिनीहरु¸ गाउँपालिका उपाध्यक्ष  ज्यू  वडा अध्यक्ष ज्यूहरु कार्यपालिका सदस्य ज्यूहरु गाउँसभा सदस्य ज्यूहरु  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँनु हुने राजनैतिक दल सञ्चार कर्मी सुरक्षा कर्मी समाज सेवी र आम नागरिक समाज लगायत सम्पूर्ण कर्मचारी तथा यहाँ उपस्थित सबैमा सुनकोशी गाउँपालिकाको तर्फबाट आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद

रुद्र प्रसाद अधिकारी अध्यक्ष सुनकोशी गाउँपालिका

Comments

comments

Read More