बन्दिपुरमा “सिर्जना र असार” (हिले बाबरी) कार्यक्रम सम्पन्न

बन्दीपुर, ३१ असार२०७६ :

तनहुँ जिल्लाको बन्दिपुरमा सिर्जना र असार हिले बाबरी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कवि हेमबहादुर थापा(कास्की), टिकाराम पौडेल(कास्की), यामबहादुर घर्ती मगर(बाग्लुङ), डिबी नेपाली(कास्की), पार्वती जिसी(कास्की), खेमजंग गुरुङ(लमजुङ, भिमप्रसाद गौतम(तनहु), वाइबा दिपक(कास्की) र धनप्रसाद तामाङ(कास्कीले आ–आफ्ना साहित्यिक सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा थापा, पौडेल, नेपाली, वाइबा र तामाङले कविता वाचन गर्नुभएको थियो भने राष्ट्रिय कलाकार पार्वती पौडेल, खेमजंग गुरुङ र यामबहादुर घर्ती मगरले असारे र मौलिक लोकगित प्रस्तुत गर्नुभएको थियो ।

सिर्जना र असार समुहद्वारा आयोजित सिर्जना र असार हिले बाबरी कार्यक्रमका परिकल्पनाकार कवि धनप्रसाद तामाङले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । सिर्जना र असार कार्यक्रम २०५६ सालदेखि निरन्तर वार्षिक रुपमा भईरहेको जानकारी गराउनुहुदै प्रकृति, सँस्कृति र प्रविधीका संरक्षण, विकास र उपयोगको महत्व तथा आवाश्यकताका बारेमा असार महिनामा साहित्यिक कार्यक्रम गर्दै आएको बताउनुभयो।

कार्यक्रममा पुर्व मन्त्री भिमप्रसाद गौतमले नेपाली किसानी जनतासँगै साहित्य सिर्जना प्रस्तुत कार्यक्रमले साहित्यमा नयाँ थप्दै लगेको भन्दै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

Comments

comments

Read More