दमक १ ले ल्यायो, एक घर एक बिरुवा अभियान

दमक ।झापा दमक १ नम्बर वार्डले एक घर एक बिरुवा अभियान सुरु गरेको छ ।

“हरित नगर समृद्ध दमक” को मुल नारालाइ व्याबहारिकता दिनको लागि दमक १ ले एक घर एक बिरुवा रोपी दमकलाइ हरित नगर बनाउने अभियान सुरु गरेको छ ।

बडा अध्यक्ष तारा प्रसाद अधिकारीका अनुसार यो अभियानबाट दमकलाई हरित नगर बनाउने अभियानलाई साथ पुग्ने भएको बताए ।

वडाले सबै वडा वासिलाई वडा कार्यलयमा आएर आफ्नो पारीवारीक लागत कार्ड(जनसंख्या कार्ड) देखाइ बिरुवा लान सक्ने जनाएकोछ ।

बुधबार दमक नगरपालीकाकी उपप्रमुख गीता अधीकारी र वडा अध्यक्षले संयुक्त रुपमा वार्डबासी लाई बिरुवा बितरण गरी अभियानको सुरु गरेका छन् ।

पहिलो चरणमा कागती लिची र आपका करीब २२०० बिरुवा बाडिने अघ्यक्ष तारा प्रसाद अधीकारीले जानकारी दिए ।

Comments

comments

Read More