कास्की आवाजका सम्पादक गुरुङ गंगा–ज्योति स्मृति पुरस्कारबाट पुरस्कृत

२ साउन, पोखरा । पोखराबाट प्रकाशन हुने कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ काठमाडौंमा पुरस्कृत हुनुभएको छ। काठमाडौं २८ पुरानो बसपार्कस्थित विचार प्रधान आध्यात्मिक प्रतिष्ठान अद्वैत संस्था नेपालले आवाज विहिनको आवाजका साथै अद्वैत संस्थाका गतिविधि प्रचार प्रसार गरी विशेष योगदान पुर्याएको भन्दै अद्वैत संस्थाका प्रधान कुलपति सहचारी श्री अनन्तलाई सरस्वतीले आमा र बुबाको स्मृतिमा २०७३ सालदेखि स्थापित गंगा–ज्योति स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको हो।

अद्वैत संस्थाका गुरुआमा पुर्णलक्ष्मीदेवी चक्रवर्तीको ११३ औं जन्मजयन्ती एवम अद्वैत संस्थाद्वारा सञ्चालित २०७५÷०७६ सालको दशमासिय राष्ट्रव्यापी बृहत सत्संग समारोह(ज्ञानमहायज्ञ) समापनमा आयोजित महासत्सङ्ग तथा ५४ औं वार्षिकोत्सव समारोहमा कुलपति गुरुआमा अर्पणा चक्रवर्तीले गंगा–ज्योति २० हजार रुपैयासहित सम्मानपत्र, दोसल्ला,फूलमालाले सम्पादक गुरुङलाई पुरस्कृत गर्नुभएको हो।उक्त अवसरमा सम्पादक गुरुङसँगै काठमाडौंबाट प्रकाशन हुने दिव्यदर्शन साप्ताहिकका सम्पादक रामचन्द्र तिवारीलाई पनि प्रचार प्रसारमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो।

कार्यक्रममा कुलपति गुरुदेव प्रताप चक्रवर्तीले अनुसन्धाता लक्षजिवी घिमिरे, उपसन्न शिष्य श्रीराम भण्डारी, अद्वैत भुष विष्णुदास ढकाल, अद्वैत भक्तिमति सरिता ढकाल र अनिता ढलाललाई पुरस्कृत गर्नुभएको थियो।

प्रधान कुलपति अनन्तलाई सरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा गुरुदेव प्रताप चक्रवर्ती र गुरुआमा अर्पणा चक्रवर्तीले नेपाल बेद उपनिषेद पारायण गर्नुभएको थियो भने रामगीता ग्रन्थ विमोचन गर्नुभएको थियो।

कार्यक्रममा गुरुबन्दना अनिता ढकाल, स्वागत केन्द्रीय सचिव रामचन्द्र महतले गर्नुभएको थियो भने देशैभरबाट महासत्संगमा सहभागी भएका थिए।

Comments

comments

Read More