‘बैनाबट्टा’ भदौ दोश्रो हप्ता !

४ साउन, काठमाडौं । नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’ भदौ दोश्रो हप्ता प्रदर्शनमा आउने भएको छ । सुटिङको सबै काम सकिइसकेकोले अब प्रदर्शनको तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।
‘सबै सुटिङ सकिएकोछ’, चलचित्रका निर्देशक राज चामलिङले भन्नुभयो,‘भदौ पहिलो साताबाट च्यारिटी सो सुरु गर्छाै ।’ चलचित्रको मुख्य भूमिकामा देवेन्द्र न्यौम्माङ, कविता बान्तवा, बाबु मोक्तान ‘विएल’, रस्मीला तामाङ छन् भने रोमनसिंह अनछङ्बो, कृष्णराज नेम्वाङ, पुष्पराज आङबुहाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वनेम, माया लावती आङदेम्बे, सिता लिम्बु लगायतको अभिनय रहेको छ ।

नेपाली समाजको मौलिकता झल्काउने कथावस्तुमा आधारित चलचित्रमा मुख्यगरी लिम्बु जातीको इतिहार, भाषा, सस्कृति र जीवनशैली समेटिएको छ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बैनाबट्टा’मा ताप्लेजुङ, इलाम र पाँचथरका लिम्बु गाउँको दृष्य देख्न पाइनेछ ।

करीब ४० लाख लगानीमा तयार भएको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने चलचित्रका निर्माता प्रेमराज लावतीले जानकारी दिनुभयो ।
‘पालनछली’ र ‘बैनाबट्टा’ सार्वजनिक
चलचित्रमा समेटिएको ४ वटा गीत मध्ये २ वटा गीत निर्माता पक्षले शनिबार सार्वजनिक गरेको छ । ‘पालनछली’ र ‘तिमीसँग बैनाबट्टा’ बोलको गीत सार्वजनिक गरेको हो । युटुवमा भने बुधबार मात्रै सार्वजनिक गरिने निर्देशक चामलिङले जानकारी दिनुभयो ।

गीतमा दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बुले स्वर दिएका छन् । बुद्धराज इंवा, राज चाम्लिङ र सन्तोष राईले संगीत र राजु कार्की, कृष्ण सावदेन र थोमस राईले एरेञ्ज गरेका छन् ।

Comments

comments

Read More