नेपाल तामाङ घेदुङ प्रथम मादी गाउपालिकाको भेला सम्पन्न

२०७६ साउन २२ सुन्दरडाँडा कास्की

नेपाल तामाङ घेदुङ मादी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । २०७६/०४/२१ गते सम्पन्न उक्त भेलाबाट प्रेम तामाङ लोप्चन तामाङको अध्यक्षतामा १३ सदस्यीय नेपाल तामाङ घेदुङ मादी गाउँ कार्यसमिति निर्माण गरिएको छ । जसको उपाध्यक्ष कमल नेगी (छेलाङ), महिला उपाध्यक्ष : प्रेमकुमारी लोप्चन (रबैडाँडा), सचिव सन्तोष थोकर (सुन्दरडाँडा) : कोषाध्यक्ष डम्बरबहादुर स्याङबो (रबैढडाँडा) सहसचिव : कर्ण बहादुर लोप्चन र सदस्यहरुमा क्रमशः बीरबहादुर थोकर (रबैडाँडा), कृष्णबहादुर डुम्जन (सैमराङ), डिलजंग तामाङ (सुन्दरडाँडा), युनिसा तामाङ (सुन्दरडाँडा), कोपिला ग्रङदेन (सैमराङ) रहनु भएको छ । जसको चयन घेदुङ संघीय सदस्य हरिमान थिङको संयोजकत्वको अध्यक्षमण्डलद्वारा भएको थियो ।

यसरी सम्पन्न भएको भेला तथा गठित समितिलाई प्रमुखअतिथी : नेपाल तामाङ घेदुङ पुर्वाध्यक्ष धनप्रसाद तामाङ, विशेषअतिथी घेदुङ संघीय सदस्य हरिमान थिङ, अतिथि कास्की घेदुङ उपाध्यक्ष टेकबहादुर स्याङ्बो र पोखरा घेदुङ सदस्य केशबहादुर थिङले संबोधन गर्नुभएको थियो ।

जुन मुख्य कार्यक्रमको सभापतित्व प्रेम तामाङ, संचालन सन्तोष तामाङ, स्वागत कमल नेगी र धन्यवाद डम्बरबहादुर स्याङबोले गर्नुभएको थियोे ।

कार्यक्रमको अतिथि, प्रमुख अतिथि, विशेष अतिथि तथा स्वागत अभिलाषी गाउँ बाहिरका अामन्त्रित प्रतिनिधी पर्यवेक्षकहरुलाई सुन्दरडाँडा प्रगतिशील अामासमुहको तर्फबाट टमाया स्याङबोले खादा लगाई स्वागत गरिएको थियो । र नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुलाई स्थानीय गन्बा (गाउँबुढा) डम्बरबहादुर ग्लानले मोने बुम्बा नौनी लम्हेन्दो लगाइ तामाङ साँस्कृतिक बधाई शुभ अशिर्बादकर्म गर्नुभएको थियो ।

फोटो फिचर

Comments

comments

Read More