कांग्रेस चितवनले भन्योः निर्दाेष नपरुन्, दोषी नछुटुन् (विज्ञप्तिसहित)

चितवन, भदौं २
नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा निर्दाेष जेल पर्ने र दोषी छुट्ने काम हुन नहुने जनाएको छ ।

कांग्रेसले आज प्रेषित गरेको विज्ञप्तिमा घटनाको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको उल्लेख छ ।
कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

Comments

comments

Read More