पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन

चितवन,भदौं २
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले आज गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जनलाई पक्राउ गरेको छ ।

सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई पक्राउ गरिएका चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ ।

Comments

comments

Read More