दमकमा श्रीकृष्ण रथयात्रा को तयारी तिब्र

दमक / झापाको दमकमा निकाल्न लागिएको श्रीकृष्ण रथ यात्राको तयारी तिब्र पारिएको छ । श्रीकृष्ण रथयात्रा समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार निकाल्न लागिएको रथ यात्रा तयारी अन्तिम अवस्थामा पुगेको जनाएको हो ।

आयोजक समितिका सचिब प्रेम भट्टराईले रथ यात्रालाई भव्य बनाउँदै र दमकको उत्सवको रुपमा मनाउको लागी नगरका सबै वडामा रहेका टोल विकास समिति र किर्तन मण्डलीहरुलाई पत्राचार गरिएको जानकारी दिनुभयो । रथ यात्रामा दमकका प्रत्येक घर घर बाट सहभागीता गराउनको लागी प्रचार प्रसारलाई तिब्र बनाउँदै घरघरमा जस्तो निमन्त्रणा पत्र पु¥याईएको उहाँले बताउनु भयो । रथयात्राको रुटमा पर्ने घरहरु अगाडी फुल गमलाले सजाएर ठाउँ ठाउँमा रंगोली बनाउँने र यात्रा रुटको बिभिन्न ठाउँमा पानी र प्रसादी बितरणको व्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।
रथयात्रा आयोजक प्रचार प्रसार संयोजक धुर्ब न्यौपानेका अनुसार रथ यात्रामा राधा र कृष्णका रुपमा बालबालीकाहरुलाई सजाई, बिभिन्न जातजातीहरु आ–आफ्नो झाँकी सहितको सहभागीता हुनेछ । रथ यात्रा एउटा धर्म र सम्प्रदायको मात्रै नभएर समग्र दमकबासीको उत्सवको रुपमा बनाउँन सबै धर्म र सम्प्रदायका मानिसहरु संग छलफल गरी भव्य बनाउने तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
पर्सि शनिबार दिउँसो १ बजे दमक ७ स्थित राधाकृष्ण मन्दिर परिषरबाट सुरुहुने रथ यात्रा हनुमान मन्दिर हुँदै पशुहाट मार्ग बाट मुख्य राजमार्गमा निश्कने र दमकको मुख्य चौकबाट जोसिजचौक हुँदै फर्निचरलाईन बाट अघि बढेको रथयात्रा शंखधर चौकबाट पश्चिम भृकुटिचौक हुँदै भानुभक्त चौक पुगेर फाल्गुनन्द चौकबाट नगरपालीका अगाडी हुँदै पुनः राधाकृष्ण मन्दिरमै आएर समापन हुने जनाईएको छ ।

Comments

comments

Read More