दमक उधोग बाणिज्य संघको निर्वचनमा गोकुल श्रेष्ठ सहीतको प्यानल घोषणा

दमक /दमक उद्योग बाणिज्य संघको आगामि भदौ २० मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस,राप्रपा,समाजवादी पार्टी नेपाल, लिम्बुवान ,जनमुक्ति लगायतका साना दलहरु समेतका ब्यवसायीहरुको सहभागिता उम्मेदवार घोषणा भएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट अध्यक्षमा गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सहदेब आचार्य सुरज, प्रथम उपाध्यक्षमा राजु खड्का , दितीय उपाध्यक्षमा राजकुमार योङ्गया र तृतीय उपाध्यक्षमा रमा लिम्बु उम्मेदवार सार्वननिक भएकाछन्।

खुला सदस्यमा नविन अग्रवाल, चन्द्र खत्री, तुलसीराम तिम्सिना, रुपक दाहाल, सुरज लिम्बु, संजिव रौनियार उम्मेदवार बनेकाछन् । यसैगरी खुला महिला तर्फ दिलु सुब्बा र सुष्मा निरौला सदस्य बनेकाछन् ।

बस्तुगत तर्फ मोवाईलका भेनस श्रेष्ठ, होटलका मोहन ढकाल,अटो मोवाइल्सका प्रकाश नेपाल, सुनचाँदीका रुवल अधिकारी र ग्यासका तिलक डाँगी सदस्य रहेकाछन् । लेखा समिति संयोजकमा पारसमणि आचार्य र सदस्यहरुमा दिपेन्द्र तिवारी र कृष्णराज दाहाल उम्मेदवार रहेको घोषणा गरिएको छ ।

Comments

comments

Read More