खड्काले गरे छोराको जन्मदिनमा खाधान्न सहयोग

दमक । झापा दमक ५ निवासी राजु खड्काले आफ्नो छोराको जन्मदिनमा खाधान्न सहयोग गरेका छन्

मंगलबार एक कार्यक्राम गरी खड्काले आफ्नो छोरा एरोन जंग खड्काको ७ औ जन्म उत्सबमा दमक ८ निवासी आमा पदम कुमारी कार्की लाई खाधान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।

८६ वर्ष वृद्व आमा दमकको क्याम्पस मोडमा मकै पोलेर आफ्नो जीविको पर्जन गर्दै आउनु भएको छ । केही दिनअघि खड्का मकै खान गएका बेला छोराले मकै पोल्दै गरेकी आमा लाई हेर्दै मकै पोल्नु हुन्छ तर आमाको दात रैनछ भनेको सुन्दा भावुक बने सगै उनले निशुल्क रुपमा बृद्व आमालाई दात लगाई दिने भएका हुन् ।

खड्काले यस अघि छोरीको छैठौ जन्मदिनमा दमक २ का बृद्वलाई सहयोग गरी मनाएका थिए ।

Comments

comments

Read More