गोल्डेन गेट बचत तथा ऋण सहकारी सस्थाको छैटौं साधारणसभा सम्पन

दमक / झापाको दमक ६ मा रहेको युवा ब्यबसायीहरुले सन्चालन गर्दै आएका गोल्डेन गेट बचत तथा ऋण सहकारी सस्थाले आज आफनो छैटौं साधारणसभा सम्पन गरेको छ।

सस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख अतिथि रहेका थिए । दमक ६ का वाड अध्यक्ष टेक बहादुर थापा,संस्था सन्चालक समिती लगायतको उपस्तिथी रहेको कार्यक्रम लाई संस्थाका उपाध्यक्ष रेबत चन्द्र भण्डारीले सन्चालन गरेका थिए ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष संस्थाले राम्रो प्रगती गरेको सस्थाका अध्यक्ष निरौलाले प्रतिवेदन मार्फत सार्वजनिक गरे ।

सस्थाले उत्कृष्ट कारोबार गर्ने २ दर्जन बढीलाई सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारी लाई समेत सम्मान तथा पुरस्कार बितरण गरेको थियो ।

Comments

comments

Read More