दमक रनको २ सय हप्तामा दौड, हिक्मत र चन्द्रकला विजयी

दमक / झापाको दमकमा रहेर दौडका बिभिन्न गतिबिधी गर्दै आएको दमक रनले आफ्नो २ सय हप्ता सफलका साथ पुरा गरेको अवसरमा आज ३ किमी खुल्ला दौड सम्पन्न गरेको छ ।

दमक चौक गोर्खा डिपार्टमेन्ट स्टोर बाट सुरु भएको दौड जेसीज चौक हुदै शंखधर चौक भृकुटी चौक, यलम्बर चौक हुदै सगरमाथा पम्प बाट पुन गोर्खा डिपार्टमेन्ट स्टोरमा आएर समापन भएको थियो ।

दौडमा महिला तर्फ दमक रनकी चन्द्रकला श्रेष्ठ, प्रथम हिमा राई दितिय र तृतीय संगिता तामाङ भइन् । यता पुरुष तर्फ गोर्खा कम्बाट दमकका हिक्मत बान्तवा राई प्रथम दमक रनका याङदेव राई दितिय, किरण तामाङ तृतिय,नरेश रानामगर चौथो र पाचौ दिप्सन लिम्बु भए ।

यता बालबालिकाको १० देखी १४ वर्ष उमेर समुहमा कुसल लामा प्रथम किरण पौडेल दितिय, तृतिय टार्जन बस्नेत र चौथो उर्लाबारी रन की ताङ्मा राई भइन ।

बिजेताहरु लाई दमकमा रहेको गोर्खा कम्बाटले नगद पुरकारको ब्यवस्था गरेको थियो ।
कार्यक्रममा दमक रन लाई आसन्न भदौ २० मा हुने दमक उधोग वाणिज्य संघका स्वतन्त्र उम्मेद्वार द्वय टिका प्रसाई र कबिता अधिकारीले दमक रन को प्रगतिको कामना गर्दै आर्थिक सहयोग पनि गरेका थिए ।

कार्यक्रमाम बोल्दै समाजसेवी तथा दमक रनका संस्थापक सल्हाकार राष्ट्र राईले हरेक सनिबार बिहानीको समयमा सानो सनो नानिहरु दौडिएको देख्दा फरक प्रकारको उर्जा मिलेको बताउदै दमक रन को यस प्रकारको काम लाई निरन्तरता दिदैजान अनुरोध गरे ।

कार्यक्रममा सस्थापक अध्यक्ष रन्दिप राई दमक रनका सल्हाकार राजेन्द्र राई, राजेश राई र गोर्खा कम्बाटका संचालक बिकास राई दमक रनका विजय राई , जीवन चुडाल, समाजसेवी नबिन श्रेष्ठ,उर्लीबारी रनका प्रतिनिधी लागायतको उपस्थिती रहेको थियो ।

Comments

comments

Read More