दमक पब्लिक लाइब्रेरी युवा समुहको अध्यक्षमा उप्रेती

दमक । दमक पब्लिक लाइब्रेरी युवा समुहको समितिमा अध्यक्षामा बिनोद उप्रेति चयन भएका छन् । उप्रेतिकाे नेतृत्वमा १७ सदसिय समिति सर्वसम्मत चयन भएको छ ।

सनिवार दमक नगरपालिकाका मेयर रोमनाथ ओलिको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा नव निर्वाचित समितीलाई सपथ ग्रहण गराइ पदिय जिम्मेवारी दिइयो । यसैगरि सो समितिको प्रथम उपाध्यक्षमा रुविना बिष्ट, दुतिय उपाध्यक्षमा भोला राजबन्सी, सचिब आशिष न्यौपाने, सहसचिब दिवाकर पाँचकोटि, कोषाध्यक्षमा पानस अधिकारी र सह कोषाध्यक्षमा मिलन तामङ रहनु भएको छ । यसैगरि सो समितिको सदस्यहरुमा साजन राई, दिवाकर गुरुङ, रश्मी उप्रेती, दीक्षा काफ्ले, सपना न्यौपाने, सपना लिम्बू, हेमन्त नेपाल, मनिषा सिटौला, रेखा ढुंगाना, ममता भण्डारी, दुर्गा ताजपुरिया,पूजा शाह रहुन भएको छ ।

विगत दुई बर्षदेखि पब्लिक लाइब्रेरीमा आवद्ध उप्रेति विभिन्न संघ संस्थाहरुमा समेत सक्रिय भूमीका निर्वाह गर्दैैै आइ रहनु भएको छ । अध्यक्ष उप्रेतिले सोही कार्यक्रममा आफुलाइ दिएको जिम्मेवारी पुर्णरुपले निर्वाह गर्ने घोषणा समेत गरे भने निबर्तमान अध्यक्षलाई मायाको चिनो दिदै अभिभावकको भुमिका निवाह गर्न आग्रह समेत गरे ।

नव निर्वाचित समितिलाई ग्लोबल एजुकशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारी, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप दिपु चापागाईं, पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल र दमक पब्लिक लार्इब्रेरिका सचिव हरी सिटौलाले शुभकामना दिनु भएको थियो भने सफल कर्यकालको सुभकामन दिदै दमक पब्लिक लाइब्रेरीको युवा, बाल र मुल संचालक समिति गरि तिन वटा समिति सक्रिय रहेको दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

Comments

comments

Read More