नेपाल आदिवासी जनजाति महासंघ महाभारत गाउँपालिकाको अध्यक्षमा जित बहादुर लामा

महाभारत, काभ्रे / नेपाल आदिवासी जनजाति महासंघ महाभारत गाउँपालिकाको अध्यक्षमा जित बहादुर लामा (सुनिल) चयन भएको छ । आईतबार महादेवटारमा भएको महासंघ महाभारतको प्रथम भेलाबाट लामा अध्यक्षमा चयन भएको हो ।

जनजाति महासंघको भेलबाट उपाध्यक्षमा अजय थिङ तामाङ, तेज कुमारी यस्माली, विष्णु कुमार माझी, सचिवमा गणेश कुमार यस्माली, सह–सचिवमा रित बहादुर राण मगर, गोपीनी माया मोक्तान, जगत मान मोक्तान र कोषाध्यक्षमा अमर बहादुर अस्थानी मगर (रिजन) चुनिएका छन् । त्यस्तै सदस्यहरुमा विजय राना मगर, दमैसिं योञ्जन र पंगज माझी रहेका छन् । बाँकी थप सदस्य भने समितिको आगामी बस्ने पहिलो बैठकबाट चयन गरिने अध्यक्ष लामाले बताएको छ ।

निर्वाचित अध्यक्ष लामा (सुनिल)ले आफुले पाएको पद तथा जिम्मेवारीको कुनै दुरुपयोग नगरी आम आदिवासी जनजातिको हितको निम्ति प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी अध्यक्ष लामाले आफु र गठन भएको समिति नेता, बद्धिजिवी, समाजसेवी, गाउँपालिका लगायतको सल्लाहसुझाव अनुसार नै अघि बढ्ने र महासंघले गरेको हरेक कामकारबाही परदर्शी तथा आदिवासी जनजातिलाई न्याय हुने काम गर्ने बताए ।

नेपाल आदिवासी जनजाती महासंघको संघीय परिषद सदस्य रामकृष्ण ब्लोनको प्रमुख अतिथ्यता तथा नेपाल आदिवासी जनजाती महासंघ ३ नं. प्रदेश संयोजक काजीमान थिङको विशेष अतिथ्यमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय समितिको कोषाध्यक्ष रुप बहादुर योञ्जन, नेपाल तामाङ घेदुङ महाभारतको अध्यक्ष पाल्साङ योञ्जन, लेखराम सारु, कुलदेव अस्थानी, धन बहादुर आले, सुमन यस्माली, दावा दोर्जे योञ्जन लगायतको उपस्थिति रहेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ महाभारतको संयोजक अमर बहादुर अस्थानी मगर (रिजन) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चलन भने तारा छिरिङ लामाले गरेको थियो ।

Comments

comments

Read More