म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङद्वारा स्थानीय तीनवटा विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण

धादिङ भाद्र २२ । म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिका कार्यसमितिको समुद्घाटन समारोह तथा श्री शान्तिकाली आधारभूत विद्यालय, श्री महेन्द्र बाराही उच्च मा.वि. र श्री युवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सहितको “वृहत साँस्कृतिक कार्यक्रम २०७६” धादिङ जिल्लाको नेत्रावति डब्जोङ गाउँपालिका वडा नं. ५ चरङगेमा सम्पन्न भएको छ ।

म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिकाका अध्यक्ष सन्त वाईबाको सभापतित्वमा सम्पन्न सो “शैक्षिक सामग्री वितरण तथा वृहत साँस्कृतिक कार्यक्रम”का प्रमुख अतिथि नेत्रावति डब्जोङ गाउँपालिकाका प्रमुख दुर्गकुमार शाक्य रहेको थियो । कार्यक्रमलाई आशिक गोङबो तामाङले सञ्चालन गरेका थिए । कार्यक्रममा म्हेन्दोमाया कलाकार संघ केन्द्रीय अध्यक्ष राजकिङ वाईबा, महासचिव राम गोम्जा, सचिव युवि मोङ्ग्रेसा, केन्द्रीय सदस्य रुपा एस घले, संरक्षक मर्नेन वाईबा र म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष बिगेन्द्र वाईबा तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा नेत्रावति डब्जोङ गाउँपालिकाका वडाका वडाअध्यक्षहरु, जिल्लाका बिभिन्न पार्टीका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, व्यावसायी तथा सर्वसाधारण र गाउँपालिका भित्र रहेका विद्यालयहरुका शिक्षकशिक्षिका र छात्रछात्राहरुको व्यापक सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख आथिति नेत्रावति डब्जोङका प्रमुख दुर्गकुमार शाक्यले आफू नेवार भए पनि तामाङ समुदायमै हुर्केको र तामाङ समुदायसंग गहिरो सम्बन्ध रहेको कुरा बताउनु भयो । उहाँले बिभिन्न जातजातिको संस्कार संस्कृति भनेको राष्ट्रको सम्पत्ति भएको र यसलाई जगेर्ना संरक्षण गर्नकालागि आफूले गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुभयो ।

बिहान १० बजेदेखि शुरु भएको कार्यक्रम दुई चरणमा सम्पन्न भएका थिए । पहिलो चरणको औपचारिक कार्यक्रममा समुदघाटन तथा तीनवटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको थियो भने दोस्रो चरणको कार्यक्रम पूर्ण रुपमा संगीतिक प्रस्तुती रहेको थियो । संगीतिक कार्यक्रममा शैलाप वाईबा, आशिक गोङबो, टीकामाया चोथेन, रितु वाईबा लगायत स्थानीय कलाकारहरु, विद्यालयका विद्यार्थीहरु, काठमाडौंदेखि सहभागी हुन गएका कलाकारहरुले आ–आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हस्य कलाकार विकल लामाले दर्शकहरुलाई हाँसाउदै निकै मनोरन्जन प्रदान गरेक थिए । साँस्कृतिक कार्यक्रममा सन्त वाईबाको “मुजु नाम्स तइ नम्स चरङगेका टीम – छेउरी मुबी कान्छमाया ङला ह्राङबा टीम !”मा स्थानीय भाईबहिनीहरुले निकै राम्रो सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

Comments

comments

Read More

Leave a Comment