कमला प्रधान तामाङ लाई नगद ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग

काठमाडौ २१ भदौ

नेपाल अञ्जना क्रियसन र दुप्चेश्वर मिडियाको आयोजनमा ब्लड क्यान्सरका पीडित कमला प्रधान (तामाङ) बचाउ अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रम बाट संकलित रकम बिरामी कमला प्रधान तामाङ लाई नगद ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

शनिबार जोरपाटी स्थित बाहुनधारामा ओयोजित बृहत सांस्कृतिक कार्यक्रममा बिरामीका श्रीमान अनिस तामाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कमलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक बैरागी मोक्तानले जानकारी दिए । मोक्तानले अभियान कमलाको उपचार नहुन्जेल निरन्तर जारी रहने बताए ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका- ५ की कमला विगत ६ महिनादेखि बिरामी भइ उपचाररत छन् । बिरामीका एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसक्दा सहयोग माग्न बाध्य भएको बिरामीका श्रीमान अनिसले बताए । ‘अहिले किमो थेरापी चलिरहेको छ,’ उनले भने, ‘तपाईहरुको सहयोगले पैसा जुटेमा ब्लड नै फेर्ने योजनामा छु । ब्लड फेर्नका लागि कम्तिमा १५-१६ लाख चाहिन्छ ।

Comments

comments

Read More

Leave a Comment