घाटिको क्यान्सर पीडित श्रीमान श्रीमतीलाई कतार घेदुङ र केन्द्रिय घेदुङ्द्वारा आर्थिक सहयोग

काठमाडौ 23 भदौ

क्यान्सर पीडित वीर बहादुर ल्हो र मनमाया मोक्तान तामाङलाई नेपाल तामाङ घेदुङ कतारद्वारा संकलित रकम रु ४२,२८२ र नेपाल तामाङ घेदुङ विपत व्यावस्थापन कोषबाट रु २,७१८ गरि जम्मा ४५,००० उनिहरुकै निजि निवास पुगेर नेपाल तामाङ घेदुङ केन्द्रिय सचीव तथा बिपद ब्याबस्थापन संयोजक रामकृष्ण ब्लोन तामाङ र नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले तामाङले सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।


सिन्धुली कमलाइमाइ नगरपालिका वार्ड ४ घर भइ हाल काठमाडौं कपनमा डेरा गर्दै बसेका उनिहरु विगत एक वर्षदेखि घाटिको क्यान्सर बाट पीडित भै उपचार गराइरहेेेका छन।

श्रीमान श्रीमती घरको अभिभावक नै बिरामिले ग्रस्त भएपछि उपचार संगै घरमा खाना बस्ननै समस्या भएको बताउदै सहयोग लागि अपिल गरेका छन।

Comments

comments

Read More

Leave a Comment