विप्लवका छोरा सहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

चितवन,भदौं २५
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

Read More

Leave a Comment