कालो पत्रे हुदै दमक रवी सडक

दमक भदौ २५। झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने दमक चिसापानी ( फाल्गुनन्द ) सडक अब पक्की हुने भएको छ ।

सडकलाई दुई ओटा प्याकेज बनाएर कालोपत्रेका लागि ठेक्का सूचना सार्वजनिक भएसँगै सडक निर्माणले तिव्रता दिने आशा बढेको उपभोक्ता समितिले जनाएको छ । बुधबार सडक निर्माण उपभोक्ता समितिले पत्रकार भेटघाट गरि सो बारेमा जानकारी दिएको हो । समिति अध्यक्ष रेवतराज पुरी (गगन)ले सो रकमले कालोपत्रे बनाउन बाँकि खण्डमा काम हुने जनाएका छन् ।
३५ किलोमिटर लामो सडकको झापा खण्ड कालोपत्रे भईसकेको र गत वर्षदेखि ईलामतर्फ मर्चेबुङ् सम्मको ७ किलोमिटरमा पनि निर्माण कार्य जारी रहेको उनले बताए । हालै प्रकाशित सूचना अनुसार ठेक्का लाग्ने प्रकृयाबाट मर्चेबुङ् देखि मानपुर र मानपुर देखि चिसोपानी सम्म सडक कालोपत्रे गरिने भएको कार्यक्रममा जानकारी दिएको थियो ।

Comments

comments

Read More