लोकतान्त्रीक गठबन्धनले उम्मेद्वारलाई दियो बधाई

दमक १० असोज । गत भदौ २० गते सम्पन्न उद्योग बणिज्य संघ दमकमा निर्वाचनमा लोकतान्त्रीक गठबन्धन बनाएर सहभागी गठबन्धनले बिहिबार बधाई तथा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा, समाजवादी पार्टि नेपाल, नेकपा माले, जनमुक्ति पार्टि लगायतका आठ वटा राजनैतिक दलको गठबन्धनले नजिकी रहेका चाडपर्वको सुभकामना साथै निर्वाचनमा सहभागी उम्मेद्वारहरुलाई बधाई दिएको कांग्रेस क्षेत्रीय सभापती ढुण्डी भण्डारीले जानकारी दिनुभयो ।

संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले आफु सदैब ब्यवसायीको हितमा काम गर्न सबै दलहरुको साथ लिएर अघि बढ्ने बताउनु भयो । स्थानियले बिभिन्न शिर्षकमा लिएको करले व्यवसायीहरु मारमा परिरहेका बेला आफुले दमकमा व्यवसायी बढ्ने वातावरण सिर्जना गर्ने बताउनु भयो ।

कांग्रेस नेता शुरेस सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टिका देउकुमार नेम्माङ, राष्ट्रिय जनमुक्ति पार्टिका मोहन धिमाल, उद्योग बाणिज्य संघ दमकका पुर्व अध्यक्षहरु प्रकाश प्रसाईं, बिजय बराल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । कांग्रेस दमक नगर सभापती रोशन विष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन मकुन्द उप्रेतीले गर्नु भएको थियो ।सोहि कार्यक्रममा बाणिज्य संघको निर्वाचनमा गठबन्धनको तर्पबाट भएको आम्दामी र खर्च समेत आर्थिक समिति सम्योजक रवि न्यौपानेले सार्वजनिक गर्नु भएको थियो ।

Comments

comments

Read More