झापामै पहिलो पल्ट दुल्ला बाण्डको सेवा अब दमकमा

दमक १२ असोज/ झापाको दमक ६ स्थीत मिसाल मार्केटमा संचालित सिक्सटी नाइन फेसन वयेरले शनिबारबाट थप दुल्ला ब्राण्डका सेवा बिस्तार गरेको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै नेपालमा उत्पादीत दुल्ला ब्राण्डको लेदरका आइटमहरु सुचारु गरेको हो ।

पसलको नबनिर्बाचित दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ सहित अन्य कार्य समितिहरुले संयुक्तरुपमा रिवन काटेर सुभारम्भ गरेका थिए ।पछिल्लो समय नेपाली ग्राहकहरुको रोजाइमा पर्न सफल दुल्ला ब्राण्डका सामग्रीहरु आकर्षक र किफाइती रहेकोले दमक लगायत आसपासका ग्राहकहरुको चाहानालाई सहज र सुलप रुपमा उपलब्ध गराउने उदेश्यले दमकमै सेवा सुभारम्भ गरिएको संचालक प्रेम गिरीले बताए ।

ग्राहकहरुलाई यस ब्राण्डका कुनै पनि सामग्री लिनको लागी धरान जानुपर्ने बाध्यता थियो । झापा जिल्लामै पहिलो पटक सेवा सुचारु भए संगै धरान जानु पर्ने बाध्यता हटने जनाइएको छ । यस ब्राण्डमा लेदरका पर्स, बेल्ट, जुत्ता, चप्पल,जेन्स ब्यग, लेडिज ब्याग,लगायत रहेको संचालक गिरीले बताए । यस ब्राण्डका कुनै पनि सामग्री खरिदमा कम्पनीले लाइफ टाइम वारेन्टी दिएको जनाइएको छ ।

बिदेशी ब्राण्डका सामग्रीहरु संग प्रतिस्प्रर्धा गर्न सफल दुल्ला ब्राण्ड पछिल्लो समय हरेक नेपालीको रोजाईमा पर्न थालेको छ । अन्य ब्राण्डको तुलनामा केहि महङगो जस्तो भए पनि हरेक सामग्रीहरु आकर्षक डिजाइन र भरपर्दो भएकोले ग्राहकलाई महङगो आभाष नहुने संचालक प्रेम गिरीको भनाई छ ।

दमकमा छुट्टै पहिचान बनाउन सफल ६९ फेसन वयेरले यो दुल्ला ब्राण्डले थप मद्दत गर्ने जनाइएको छ । दुल्ला ब्राण्ड शुभारम्भको अवसरमा बणिज्य संघका नबनिर्बाचित लेखा समिति सदस्य कृष्णराज दाहालले ७ हजार मुल्य बराबरको जुत्ता खरिद गरेका थिए ।

Comments

comments

Read More