दमक १ फुटबल लिग कपको पाँचौ संस्करण सम्पन्न, चम्किलो युवा समुह बिजयी


दमक १५ असाेज । भापा दमक १ को भृकुटी आधारभुत विध्यालयको खेल मैदानमा असोज १ देखी संचालन भएको पाँचौ दमक एक लिग कप २०७६ मा चम्किलो युवा समुह बिजयी भएको छ ।

फुटबल किङ्स समुहलाई ३- ० गोल अन्तरले हराउदै चम्किलो युवा समुह बिजयी बनेको हो । खेलको दोस्रो हापमा चम्किलो युवा समुहका तर्फ बाट प्रबिन राई गोल गरे सगै चम्किलो युवा समुहले खेलमा अग्रता लिएको थियो । पहिलो गोल गरेको २ मिनेटको अन्तरमा पुर्न चम्किलो युवा समुहका प्रबिन राईले अर्को गोल गरेका थिए । दोश्रो हाफको मध्य समयमा चम्किलो युवा समुहले पाएको फ्रि किक लाई प्रबिन राईल गोलमा परिणत गर्दैे जित आफ्नो पोल्टामा पारे ।

बिजयी टिम लाई प्रमुख अतिथी समाजसेवी गजेन्द्र देवानले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै उप बिजेता बनेको फुटबल किङ्स समुहलाइ दमक फुटबल एकेडेमीका कुमार गिरीले लगायत अतिथिले नगद १२ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।


खेलमा सबै भन्दाबढीगोल गर्ने प्रबिन राई ,उत्कृष्ट गोल किप्पर सुमन दास, उत्कृष्ट डिफेन्स बिबेक लिम्बु, उत्कृष्ट मिड फिल्डर ओम प्रकास, राइजिङ प्लेयर पबिरल परियार र म्यान अफ दि सिरिज अनिस खड्का घोषित गरीएको थियो ।

वडाबासी युवाहरुको खेल विकासको लागी खेलको आयोजना गरीएको खेल संयोजक दमक १ फुटबल परिवारका खेल संयोजक पुर्णध्वज आङ्देम्बेले जानकारी दिए ।

बिजेता दुवै टिमका खेलाडीलाइ डी टाउन स्विमिङ्ग पुल दमक १ का तर्फ बाट संचालक बिबेक श्रेष्ठले स्विमिङ्ग को टिकट प्रदान गरेका छन् । वडा भित्रका ८ टिम सहभागी भएको खेललाई फुटबल काेच बिनोद भन्डारीले खेलाएका थिए ।

Comments

comments

Read More