दमकमा सुबिधा सम्पन्न बज्र नेवारी खाजा घर संचालनमा

दमक । झापाको दमकमा बिहिबार सुबिधा सम्पन्न बज्र नेवारी खाजा घर संचालनमा आएको छ ।

दमक ६ स्थीत नमुना मार्गमा सुचारु भएको सो नेवारी खाजा घरको उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खडका, कार्यसमित सदस्य द्धोया असिम राई ,रुवल अधिकारी तथा होटल ब्यबसायी माइपश्चिमका अध्यक्ष राजेन्द्र दंगालले संयुक्त रुपमा रिबन काटेर नेवारी खाजा घरको सुभारम्भ गर्नुभएको हो ।

झापा शिबसताक्षी ७ बैदार चोकका युवा ब्याबसायी युबराज बस्नेतले करिब ४५ लाखको लगानीमा नेवारी परिकारका साथै टिपिकल नेपाली खाना , खशीको फोक्सो फ्राई, ब्रियनीका आइटमहरु लगायतका खानाका परिकार उपलब्ध हुने अर्का संचालीका श्रृष्टी शाक्य बस्नेतले बताउनुभयो । दमक शहरमा नेवारी समुदायको बाक्लो बसोबास रहेता पनि नेवारी खानाका परिकार आफ्नै घरमा सिमित भई रहेको अवस्थामा नेवारी खानाका पारखी हरुलाई मध्यनजार गर्दै बज्र नेवारी खाजा संचालनमा ल्याएको संचालकको भनाई छ ।

संचालक बस्नेतको लामो समय हेटल तथा क्याटरिङ क्षेत्रमा इराक, अफगानिस्तान , साइप्रस ,टर्की,र कतारमा काम गरेको अनुभाब रहेकोले र दमकमा नेवारी खाजाको अभाब खडेकिरहेकोले नै यो ब्यबस्या अंगालेको बस्नेतको भनाई छ । यहाँ बिहान १० बजे देखि बेलुका १० बजे सम्म सेवा उपलब्ध हुने र हरके शुक्रबार बेलुका ५ बजे देखि ९ बजे सम्म आधुनिक तथा गजलको लाइभ म्युजिक समेत हुने संचालक बस्नेतले बताउनुभयो ।यहाँ एकै पटकमा ४२ जना ग्रहाकलाई सेवा दिन सकिने बताइएको छ । स्मोकिङ जोनको लागी छुट्टै ब्यबस्था भएको यस खाजा घरमा हाल ५ जनालाई रोजगर दिइएको संचालक बस्नेतको भनाई छ ।

Comments

comments

Read More