दमक इस्टर्न लायन र लियो क्लब द्धारा बृद्वाश्रम लाई १ सय तिन दिनको खाधान्य सहयोग

दमक १६ असाेज / दमक र लायन्स क्लब अफ दमक इस्टर्न लायन र लियो क्लब दमक इस्टर्न लायनले बृद्वाश्रम लाई खाधान्न सामाग्री बितरण गरेको छ ।

क्लबले शुक्रबार दमक ४ मा रहेको रत्न जेष्ठ नागरीक बृद्वाश्रम सेवा केन्द्रमा रहेका वृद्व वृद्व लाई १ सय तिन दिनको खाधान्य सामान चामल,दाल,नुन,तेल लगायतका सामाग्री हस्तान्त्रण गरेको हो ।

क्लबका अध्यक्ष तुलसीरम तिम्सिनाले नेपालीह?को महान चाडपर्व नजिकी रहेको बेला आश्रममा बस्ने आमा बुवा लाइ राम्रो र मिठो र स्वस्थ्य खान सहयोग पुगोस भनी खाधान्नका सामाग्री बितरण गरेको र १ सय तिन दिन सम्म आफुह?ले आश्रममा आइ अपुग भएको सामान को ब्यवस्था गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष संजय थापाले भाविस्यमा सस्थाले यस्ता प्रकारका काम गर्दै जाने समेत जानकारी दिनुभयो ।

२०७२ साल देखी संचालंनमा आएको वृद्व आश्रममा हाल ९ जना वृद्व बस्दै आउनु् भएको छ । लायन बुद्वि सागर बरालको संयोजनमा भएको कार्यक्रममा एरिया कोर्डिनेटर प्रहर क्षेत्री, रिजन चेयर पर्सन राम चन्द्र बराल सहित जोन चेयर पर्सन पवन अधिकारी लायन्स क्लब अफ दमक इस्टिर्न लायन र लियो क्लब दमक इस्टिर्न लायनका पधादीकारी लगायत उपस्थित रहेको उक्त कार्यक्रमलाइ लायन्स क्लब अफ दमक इस्टर्न लायनका सचिब राज अग्रवालले संचालन गर्नु भएको थियो ।

Comments

comments

Read More