तामाङ बौध्दमा बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता समपन्न

२६ असोज पोखरा

पवित्रा तामाङ

तामाङ बौध्द सेवा समिति संगमटोल १३को आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा म्हेनिङको अवसर पारेर बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङले कार्यक्रमको उद्घाटन गर्नुहुँदै वहाँले म्हेनिङको शुभ अवसरमा आयोजित यस्ता कार्यक्रम अत्यन्त सराहनिय रहेको बताउनुभयो।साथै वहाँले भन्नुभयो कतिपय तामाङ समुदायमै पनि नबुझेर दसैं र म्हेनिङ एउटै हो भन्ने गलत धारणा पनि रहेको र यस कुरामा स्पस्ट हुन जरुरी रहेको बताउनुभयो।म्हेनिङ पर्व खासगरि पुर्खाहरुको सम्झना सम्मान र कृतज्ञता गर्ने,समृध्दिको पूजा गर्ने,छे,कु,ब्ला,ल्हुइ,न्होर,न्होरबु,डोल्मा,सुङ,सुङ्मा र तेर्माको पूजा यस पर्वमा गरिन्छ,वहाँले प्रष्ट पार्नुभयो।

कार्यक्रममा प्रतिस्पर्धीहरुलाई कोकोम्हेन्दो साहित्य समाजका संयोजक दिपक वाईबा तामाङले शुभकामना व्यक्त गर्नुभएको थियो।पोखरा नगर घेदुङ अध्यक्ष टेक बहादुर स्याङ्बो तामाङ बौध्द सेवा समितिका पूर्व अध्यक्ष केशबहादुर थिङको समेत उपस्थिति रहेको कार्यक्रममा निर्णायकको भूमिकामा आदिवासी जनजाति महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङ,पोखरा नगर घेदुङका कोषाध्यक्ष अन्जाना तामाङ र नाङसल समाज केन्द्रिय अध्यक्ष चन्द्र ग्याबक रहनुभएको थियो।

कार्यक्रममा कविता तर्फ “प्यारो म्हेनिङलाई फुल्न देऊ”शीर्षकको कविता वाचन गरेकि सोहेन योन्जन तामाङ प्रथम,”मेरी आमा”कविता वाचन गर्ने निरा लामा द्दितिय र “आमा”कविता वाचन गर्ने विवेक थोकर तामाङ तृतीया हुन सफल भएका थिए भने “ल्होसार र म्हेनिङको सानो चर्चा” शीर्षकमा आफ्नो धाराणा राख्दै मानस योन्जन तामाङ उत्कृष्ट बनेका थिए।अन्य प्रतियोगिहरुमा अनुस्का थिङ,दिव्या थिङ,रोजिता तामाङ,श्रेयाना तामाङ,समिर रुम्बा तामाङ साथै नियमित रचना वाचनतर्फ कमल न्हेगि,पवित्रा थोकर र समिक्षा न्हेगिले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए।

कार्यक्रम बृजेश थिङ तामाङको संचालन,पवित्रा तामाङको स्वागत र बुद्दी बहादुर रुम्बा तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

comments

Read More