चलचित्र ( किन म )को च्यारिटी पोखरामा

२६ असोज पोखरा

टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र (किन म) को पोखरामा यहि कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा
च्यारिटी शो हुनेभएको छ ।

सडक बालबालिकाहरुको जिबनशैलीलाइ आधार बनाएर चलचित्रमा प्रस्तुत गरिएको निर्देशक संग्राम तामाङ्ले बताउनु भयो । जसको कारण नेपालमा बर्सेनी बढ्दै गैरहेको सडक बालबालिकाहरुको समस्यामा समाधानमा टेवा पुग्ने र यसको न्युनिकरणको लागि थप मद्दत पुग्नेमा विश्वास रहेको निर्देशक तामाङ्ले ब्यक्त गर्नु भयो ।

चलचित्रको मुख्य भूमिकामा जयन्ति मोक्तान र महेश थापा रहेका छन् भने, बाल कलाकारहरु दिक्षान्त लिम्बु, प्रशान्त लिम्बु, र मनिष मानन्धर लगायतको अभिनय रहेको निर्देशक तामाङ्ले बताउनु भएको छ । करिब ५५ लाखको लागतमा निर्माण गरिएको उक्त चलचित्र व्यापारिक नभई आर्ट अर्थात सन्देशमुलक भएको निर्माण पक्षले जानकारी दिनुभयो।

सडक बालबालिकाहरुको पठनपाठन खानपिन र लत्ताकपडाको सहयोगार्थ पोखरा लगायत मुलुकका बिभिन्न शहरहरुमा च्यारिटी शो को तयारी गरिएको निर्माता महेश थापाले जानकारी दिनुभयो । पारिवारिक माया र ममताबाट विमुख तथा सामाजिक रुपमा उपेक्षित सडक बालबालिकाहरुको जिबनशैलिलाइ यस चलचित्रले केहि सकारात्मक जनचेतना सहित ब्यबहारिक परिवर्तन हुनेमा आफु विश्वस्त रहेको कलाकार जयन्ति मोक्ताले व्यक्त गर्नुभयो ।

टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र (किन म) को निर्देशन संग्राम तामाङ्ले गर्नुभएको छ भने महेश थापा, विमल राई र आशिस लामाले संयुक्त रुपमा यस चलचित्र को निर्माण गरिएको छ।

क्यानडामा सम्पन्न टोरन्टो फिल्म फेष्टिभल २०१९ मा नेपालबाट छानिएर प्रदर्शन मा आएको उक्त चलचित्र लाइ यो च्यारिटी शो का लागी रु.५ सय रुपैयाँको टिकट तोकिएको छ ।
यसल चलचित्रको च्यारिटी शो बाट जम्मा भएको रकम सडक बालबालिकाहरुको पठनपाठन मा सहयोग गरिने कलाकार जयन्ति मोक्तान ले जानकारी दिनुभएको छ ।

Comments

comments

Read More