प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाकाे सरुवा,दमक उधोग वाणिज्य संघले गर्याे बिदाइ

दमक/ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बा दमकबाट बिदाइ भएकाछन् ।
सुब्बाको काठमाण्ठौ सरुवा भए पछी बिहिबार दमक उधोग वाणिज्य संघले आफ्नै कार्यलयमा एक कार्यक्रम गरी सुब्बालाइ बिदाइ गरेको हो ।

प्रहरी नायब उपरीक्षक श्यामल सुब्बालाइ मायाकाे चिनाे प्रदान गर्दै दउवा संघ का पधादिकारीहरू

बिदाइ कार्यक्रममा बोल्दै सुब्बाले दमकमा ब्यवसायको क्षेत्रमा धेरै अवसर सगै चुनौती भएकोले त्यस तर्फ संघले बिषेश ध्यानदिन आवश्यक रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष गोकुल श्रेष्ठले सुब्बाले संघ लाइ गरेको सहयोग प्रति आभारी हुदै सफल कार्यकालको शुभकामना दिए ।

बिदाइ कार्यक्रममा संघका अध्यक्ष गोकुल श्रेष्ठ बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, द्धितिय उपाध्यक्ष राजकुमार सुब्बा, तृतिय उपाध्यक्ष रमा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

Read More