झापा जिल्ला भलिवल प्रतियोगितामा दमक नगरपालिका बिजयी

झापा । गौरादह नगरपालिकाम संचालन भएको झापा जिल्ला अन्तरपालिका मेयर कप पुरुष भलिवल प्रतियोगिताको २०७६ को उपाधि दमक नगरपालिकाले जितेको छ । जनता मावि गौरादहको प्रङ्गणमा शनिवार सम्पन्न फाइनल खेलमा दमकनगरपालिकाले आयोजक गौरादहलाई पराजित गरेको हो । बेस्ट अप फाएपका खेलहरु मध्ये दमकले ३ सेट र गौरादहले २ सेटमा जित हातपारेका थिए ।

प्रमुख अतिथि संविधान सभा सदस्य दीपक कार्की रेफ्री लाइ बल दिएर कार्यक्रमकाे उद्धाटन गर्दै

दमकले जितसंगै नगद १ लाख १ सय रुपयाँको चेक र उपविजेताले नगद ५१ हजार रुपयाँको चेक सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । असोज २८ गते बाट सुरु भएको सो खेलमा झापा जिल्लाका १५ स्थानीय तह मध्ये १३ वटा स्थानीय तहले भागलिएका थिए ।

खेलमा बिभिन्न बिधामा उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्किृत गरिएको थियो । मेन अफ द सिरिज दमकका राजु श्रेष्ठ, बेस्ट क्वीकर दमककै पुस्कर तामाङ्ग, बेस्ट लिफ्टर मुस्कान तामाङ्ग, बेस्ट ब्लकर गौरादहका दिपेन मल्लिक, बेस्ट स्टाइकर गौरादहका रुपेश शाहा, बेस्ट लिब्रो गौरादहका सुजन कट्वालले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दीपक कार्कीले खेल क्षेत्रको विकास गर्न गौरादहमा ब्यवस्थित खेलमैदानको आवस्यकता रहेको र युवाहरुमा अनुशासन, गतिशिलता, स्वास्थ्य तथा शारिरिक विकासकालागि खेल क्षेत्रको ठूलो महत्व रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रसका नेता डा. खगेन्द्र पाण्डव अधिकारी, नेकपाका गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

Comments

comments

Read More