संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

जीवन चुडाल दमक, कार्तिक २ । झापा कमल गाउपालिका वडा न ५ मा संचालन भएको संगम स्विट्स दमक क्रिकेट लिग २०७६ को बिजेता मिलन क्रिकेट क्लब हात पारेकाे छ ।

दमकको प्याट्रयोटिक क्रिकेट एकेडेमी ले आयोजना प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए । शनिबार भएको फाइनल खेलमा निधारीत २० ओभरको खेलमा मिलन क्रिकेट क्लबले ७९ रनको बनाएको थियो । ८० रनको लक्ष्य पाएको वेस्टर्न क्रिकेट एेकेडेमीले निधारीत एभरमा बराबर खेले पछी खेल सुपरमा पुगेको थियो ।

सुपर ओभरमा वेस्टर्न क्रिकेट एेकेडेमीले ३ रन बनाएको थियो ।उक्त ३ रनको लक्ष्य मिलन क्रिकेट क्लबले ३ बलमै पुरा गरी जित हात पारेको हो । खेलको बिभिन्न बिधामा उत्कृष्ट हुनेहरु म्यानअफ द म्याच मिलन क्रिकेट क्लबका आशिक राना मगर, म्यान अफ द सिरिज वेस्टर्न क्रिकेट एेकेडेमी सन्देश पन्थी र खेलमा सानो उमेरमा राम्रो खेल प्रर्दशन गर्ने खेलाडी प्याट्रयोटिक क्रिकेट एकेडेमीका उज्वल काफ्ले घोषित भए ।

बिजेताले टिम तथा खेलाडीहरुले ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रमुख अतिथी प्रदेश सभा सदस्य अर्जुन राई रहेको कार्यक्रममा राष्ट्रय खेलाडी मेहबुब अालम, इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक बिजय राज पण्डीत,दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक ५ का वडा अध्यक् इन्द्र गुरुङ लागायतको उपस्थिती रहेको थियो ।

असोज २९ देखी संचालन भएको भएको खेल फाइनल सहित ७ खेल भएको खेल संयोजक तथा प्यारीयोटिक क्रिकेट एकेडेमीका अध्यक्ष प्रबिन पाठकले जानकारी दिए

Comments

comments

Read More