आठौं कृति-लोक छात्रवृत्ति सुनितालाई

कार्तिक २ पोखरा ।
तामाङ बौद्ध सेवा समितिले अाफ्नो नियमित त्रैमासिक विशेष कार्यक्रममा १२ कक्षा उतिर्ण विद्यार्थी सम्मान कार्यक्रममा उत्कृष्ट तामाङ छात्रालाई कृति-लोक तामाङ जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरिएको छ ।

दिवंगत अापाहरु कृतिमान तामाङ योञ्जन छेलाङ र लोकबहादुर स्याङ्बो रबैको स्मृतिमा छोरी माया योञ्जन र छोरा खड्ग स्याङबोद्वारा स्थापित कृति- लोक तामाङ जेहेन्दार छात्रवृत्ति अक्षयकोषको सौजन्यताबाट उपलब्ध यो छात्रवृत्ति यसपाली सुनिता वाइबालाई प्रदान गरिएको छ ।

प्रमुखअतिथी धनप्रसाद तामाङ, कोषकार माया योञ्जन, विशेष अतिथि रामप्रसाद सम्देन, पोखरा महानगर घेदुङ अध्यक्ष टेकबहादुर स्याङबो र सभापति बुद्धि रुम्बाको संयुुक्त बाहुलीबाट प्रदान गरिएको यो छात्रवृत्ति २०७६ वास्तवमा अाठौं श्रृङखला हो । जो समाजभित्रको सरकारी कलेजबाट १२ पास गर्ने उत्कृषटतम तामाङ छात्राहरुलाई मात्रै निरन्तर दिदै अाउने गरिएको छ ।

यसरी यो रुपमा नगद, प्रमाणपत्र, मायाको चिनो र पवित्र खादा अर्पण गर्ने क्रममा कार्यक्रमका अतिथि प्रमुखअतिथि विशेष अतिथिहरुबाट छात्रवृत्ति प्रापक, सम्मानित विद्यार्थीहरु, विद्यार्थीका अभिभावकहरु, कृति – लोक तामाङ जेहेन्दार छात्रवृत्ति अक्षयकोष, यसका स्थापनाकार, दिवंगत अापाहरु, तामङ बौद्ध सेवा समिति नेता तथा तमाम पारिवारिक सदस्यहरुलाई महत्त्वपूर्ण ढंगले सिधा संबोधन भएको थियोे ।

जसको सार थियोे – सत्ता अर्घेलाईंमा परेको समुदायको लागि समाज नै त्यो ठुलो, मूल र घुमाउने घर हो । जहाबाट मात्रै उनीहरुले अाफ्नो सामुदायिक स्वविकासको राम्रो अाधार तथा स्रोत प्राप्त गर्छन । त्यसका लागि अब हाम्रो विद्यार्थीले पनि सादा शिक्षा मात्रै लिएर पुग्दैन । यश अतिरिक्त थुप्रै ब्यवहारिक सामाजिक साँस्कृतिक तथा सामुदायिक सिकाईहरु पनि गर्नुपर्छ । जसको लागि यी र यस्ता छात्रवृत्तिकोषहरु अरु थपिँदै विभिन्न स्मृति प्रतिष्ठानहरुमा बदलिनु पर्छ ।

संस्थाका अध्यक्ष बुद्धि रुम्बाको सभापतित्व, उपाध्यक्ष बिष्णु योञ्जनको स्वागत र सचिव ब्रिजेश थिङको संचालन रहेको थियोे । संस्थाको नियमित त्रैमासिक भेलालाई उल्लेखित विशेष कार्यक्रमको रुप दिइएको यश कार्यक्रममा सम्मानित विद्यार्थी र अभिभावकहरुको राम्रो उपस्थिति रहेको थियो ।

Comments

comments

Read More