चिउली पाचे तमु समाजका आमाहरुलाई उद्घोषणकला तालिम शुरु

हुम तमु

पोखरा, १८ कार्तिक

पोखरा १२ चापापानीस्थित चिउली पाचे तमु समाज आमा समितिले आमाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि पाँच दिने उद्घोषण प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि चिउली पाचे तमु समाज पोखराका अध्यक्ष सुवेदार रणबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि तमुले आमाहरुलाई संगठित गर्दै विभिन्न तालिमहरु आयोजना गरेकोमा आमा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम पश्चात उद्यमशीलताका लागि सीपमुलक तालिमको आमा समितिको योजना भएकोमा खुशी व्यक्त गर्नुभयो। पोखरा महानगरपालिका वडा नं. १२ सँग सिपमुलक तालिमका लागि प्रस्तावना बुझाएको वडाकै सहयोगमा तालिम गर्ने आमाहरुको योजना सफलताको कामना गर्नुभयो।

शुभकामना व्यक्त गर्नुहुदै प्रशिक्षक, तमु धिं नेपालका उपाध्यक्ष तथा कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर तमुले क्षमता अभिवृद्धिका साथै सचेत नभए सधै विभेदमा परिने भन्दै आमाहरुले नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको उद्घोषण तालिम उपलब्धिमुलक हुने शुभेच्छा प्रकट गर्नुभयो।

वरिष्ठ सल्लाहकार कर्णेल कमानसिंह तमुले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै हरेक व्यक्तिमा क्षमता हुन्छ, उक्त क्षमतालाई कलात्मक रुपमा प्रस्तुति गर्न आमाहरु सक्षम हुने अपेक्षा गर्नुभयो।

समाजका उपाध्यक्ष डब्लुओटु बलबहादुर तमुले तमु भाषामै शुभकामना व्यक्त गर्नुहुदै आमाहरु सचेत र क्षमतावान भए समाज समृद्ध हुने भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

चिउली पाचे तमु समाज आमा समितिकी अध्यक्ष कर्णेल पदमशुवा तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष लोककुमारी तमु र सञ्चालन सचिव विष्णु तमुले गर्नुभएको थियो।

प्रशिक्षक हुमबहादुर तमुलाई आमा समितिकी अध्यक्ष पदमसुवा तमुले माइक्रोफोन हस्तान्तरण गर्दै शुभारम्भ गरिएको तालिमको पहिलो दिन प्रशिक्षक हुमबहादुर तमुले तालिमको उद्धेश्य, उद्घोषणको परिभाषा, माइक्रोफोन प्रयोग गर्ने विधिसहित सहभागी आमाहरुलाई परिचयात्मक प्रस्तुती गराउनु भएको थियो।तालिममा सहभागी हुन पाउदा र पहिलो पटक मञ्चमा उक्लेर माइकमा बोल्न पाउदा आमाहरु निकै हर्षित भएका थिए।

Comments

comments

Read More