तामाङ जातिलाई मंगोलियन किन भनिन्छ: सन्तोषकुमार बैद्य तामाङ


शताब्दी पहिलेदेखि भारत र तिब्बतबीचको व्यापारिक नाका र दोबाटोको रूपमा नेपाल रहँदै आइरहेको थियो । यसै क्रममा तथा यो भन्दा अघिदेखि विभिन्न समयको दौरानमा मानिसहरू उत्तर, पूर्व तथा दक्षिणबाट बसाई सरी यो देशमा बसोबास गरेका थिए । यो व्यापार सुरु हुनुभन्दा पहिले, मानव सभ्यताको क्रममा यो देशको उत्तर मंगोलियमा विभिन्न आदिम जातिहरूको स–सना राज्यहरू भएको पाइन्छ । त्यस राज्यहरू अन्तर्गत जब जिङ्गिस÷चिङ्गिस खानले ती स–सना राज्यहरूलाई एकीकरण गरे त्यसपछि उनका सन्तान तथा उनका फौजले दक्षिण पश्चिम तिब्बत ९ताङगुत शासकको सीमासम्म० लगायत १२ औँ शताब्दीमा ९सन् १२७१–१३६८० बर्मासम्म आफ्नो सीमाना राख्न सफल भएका थिए (DIIR 1996)। तर तिब्बती भाषा बोल्नेहरू दक्षिण बर्मासम्म पक्कै पनि पहिलो शताब्दितिर नै बसाइ सर्ने क्रम सुरु भएको हुनुपर्दछ । किनकि चौथो शताब्दीमा चाइनिज अभिलेखले प्यू एउटा सभ्य राज्य रहेको कुरा गर्दछ जसले मध्य तथा माथिल्लो बर्मासम्म नियन्त्रण गरेको थियो । प्यू तिब्बती भाषा बोल्ने समुदाय थिए जो बर्मामा इरावडी उपत्यका हुँदै आएका थिए । तिनीहरूले ७ औँ शताब्दीको मुन–खेमेर बोल्ने समयदेखि थेराबदन बुद्धिष्ट लेख्ने प्रणाली अँगालेका थिए जसले तल्लो बर्मा र हाल थाइल्याण्डको एक भाग रहेको मेनाम चाओ फ्राया उपत्यकासम्म नियन्त्रण गरेका थिए । चीन९जो० भन्ने अर्को तिब्बतीयन समूह पनि बर्मामा ९ औँ शताब्दीको केही समयभन्दा पहिले आएका थिए र चिन्डवीन उपत्यकामा आफ्नो राज्य स्थापना गरेका थिए (LaPolla, 2017, 2nd Edition) । र अहिले ती समूहको मानिसहरूले परापूर्व कालदेखि बोलिल्याएका भाषालाई आज साइनो तिब्बतीयन भाषा भनेर चिनिन्छ ।
ह्योङ्गयो÷हुङग्हे (यल्लो रिभर) उपत्यकाको मध्य समथर भागमा बसोबास गर्ने मानिसहरू नै साइनो तिब्बतीयन भाषा बोल्नेहरूको पुर्खा हो भनी पुरातत्व तथा भाषिक रूपमा प्रमाणित गरेको पाइन्छ । साधारण युगभन्दा कम्तीमा ४५०० वर्ष पहिले त्यस क्षेत्रका आदिम समूहका केही सदस्यहरू पश्चिम, त्यसपछि तलतिर तिब्बतियन पहाडी पठार हुँदै दक्षिण तथा पूर्वतिरको उपत्यकाहरूमा आउन सुरु गरेका थिए । इतिहासको पूर्वकालतिर ती समूहमध्ये केही सदस्यहरू त्यसै क्षेत्रको मध्य समथर भागमा बसेको पाउछौ । दक्षिण तथा पूर्वतिर झरेर बसेका सदस्यहरूमध्ये पूर्वतिर आई बसेकाहरू साइनाटिक भाषा बोल्ने भनेर आज चिनिन्छ भने जो दक्षिणतिर झरेर बसोबास गरे तिनीहरूलाई तिब्बतीयन बर्मन भाषा बोल्ने भनेर चिनिन थालिएको हो (LaPolla, 2017, 2nd Edition)।।
नवपाषाण युग ९इसापूर्व ७०००–३७०० वर्ष०, ब्रन्ज ९इसापूर्व ३७००–२७०० वर्ष० र लोहा÷फलामे युग ९इसापूर्व ७०० वर्ष० र त्यस पश्चात् यल्लो नदी निकासको किनारमा मानव सभ्यताको इतिहास पाउन सक्छौ जुन प्राचीन मध्य ढुङ्गे युगदेखि चाइनिज सभ्यता र संस्कारको मुख्य केन्द्रको रूपमा रहेको थियो । यहाँ तीन सांस्कृतिक नायकहरूको कथाः सुइरेन सी जसले काठलाई रगटेर आगो निकाल्ने शिक्षा चाइनिजहरूलाई सिकाएका थिए, फुह्सी जसले शिकार गर्न तथा माछा मार्न प्रयोग गर्ने पासो पत्ता लगाएका थिए, भने सेननोङ सी जसले कृषि कार्य पत्ता लगाएका थिए र पछि यी पेशाहरू सबैतिर फैलिएको थियो । यी तीन पौराणिक हस्तीहरूले यल्लो नदी किनारमा मानव सभ्यताको विकास सुरु गरेका थिए । त्यसपछि धेरै प्राचीन चाइनिज शासकहरू जस्तै वाइन सी हुङ शासक, गेङगिस÷चिङ्गिस खान ९सन् ११६२–१२२७०, कुब्लाइ खाँको हजुरबुबा जो यूयान राज्यको ९सन् १२७१–१३६८० पहिलो शासक थिए जसले यल्लो नदी किनारका सभ्यतालाई नयाँ पूर्ण सुशोभित पवित्र धार्मिक सभ्यतामा पु¥याई पुरै विश्वको ध्यान केन्द्रित गर्न सफल भएका थिए (Travel China Guide, 2017)।
विभिन्न विद्धान्हरूको भनाई तथा माथि उल्लेख गरेअनुरूप हामी के भन्न सक्छौ भने नेपालका तामाङ जातीय समूहहरू, चाइना तथा मध्य मंगोलियाको हुङ्गे उपत्यका अर्थात् यल्लो नदी किनारबाट या त प्राकृतिक विपतिहरू जस्तै बाढी, पहिरो, या विभिन्न आदिम जातीय समूहहरूबीच राज्यको लागि वा बाँच्नको लागि युद्ध भए पश्चात् हारेपछि वा जीवनयापनको लागि नयाँ ठाउँमा आर्थिक अवसरको खोजीमा बसाई सरी आएको हुनु पर्दछ । यी माथिका भनाइहरूलाई तामाङ समुदायको ह्योन्जन÷योन्जन थरभित्रको ताम्बाहरूले उनीहरूको उत्पति वा उद्गम ठाउँको बारेमा मौखिक रूपमा भनी ल्याइरहेका भनाइहरूले पनि पुष्ट्याई गर्न मद्दत गर्दछ । अझै पनि यी थरीका ताम्बाहरूले आफ्नो कूलपूजा तथा विवाह गर्दा होङ्गयो राज्यको हुङ्गा राजा लामाखोञ्जोको सन्तानहरू भनी आफ्नो पुर्खा तथा पुख्र्यौली ठाउँको बारेमा बताउने गरिरहेका पाइन्छ ।
तर पछि पछि नेपालकै अन्य धेरै ठाउँमा बसाइ सरी गएकाहरूले पहिले नेपालकै कुन ठाउँबाट बसाई सरेर गएका हुन् त्यसै ठाउँलाई आजभोलि पुख्र्यौैली ठाउँ र पुर्खा भनिने चलन पनि देखिन्छ जस्तै रिहसाङगोले, याम्दाली, पोङदाली, बाफले इत्यादि । यसरी यल्लो नदिपछि चाइना, तिब्बत र अन्तमा नेपाल, दार्जिलिङ, आसाम, बर्मा र भुटानका विभिन्न भू–भागहरूमा आर्थिक तथा जीवनयापनका राम्रो अवसरको लागि बसाई सरी तामाङ भनी चिनिएको हुनुपर्दछ । विभिन्न ताम्बाहरूसँगको अन्तरवार्ता तथा तामाङ वंशावली ९हस्त लिखित ताम्छयोइ० को आधारबाट पर्शुराम तामाङले तामाङ वंशावलीमा तयार पारी जम्मा २० थरहरूको उत्पति र यिनीहरूको इतिहासको बारेमा व्याख्या गरेको पाइएको छ ९तामाड प। , सन २००५० । उनको किताबमा केही थरहरूको पहिचान कुनै पौराणिक दन्त्य कथाको दैवी शक्तिमा आधारित रहेर व्याख्या गरेको पाइन्छ जुन सत्य मान्न सकिँदैन । त्यस्तै यी समूहहरूको इतिहास तथा बसाई सराई केवल तिब्बतमा सन् ६०० वर्षको उत्तरार्धपछि बुद्ध धर्मको सुरुवात भएपश्चात्बाट मात्र उल्लेख गरेको छ जुन विभिन्न ताम्बाहरूसँगको छलफलमा उही कुरा पाएको थियो तर यो मौखिक इतिहास र अनुमान भन्दा पहिलेको उत्पतिको इतिहास आजसम्म कसैले पनि जान्न सकेको देखिँदैन ।
जीव विज्ञानको डि।एन्।ए।इतिहास अनुसार, पुरानो एसियन जातिहरू करिब २० लाख वर्ष पहिले मध्यपूर्वको कोस्टल क्षेत्र हुँदै अफ्रिकाबाट दक्षिणपूर्व एसियामा आएर बसेको कुरा उल्लेख गरेको पाउदछौ (Harari, 2014) । यसरी नयाँ आएका प्रमुख समूहहरूको प्रभुत्वले गर्दा पुराना समूहहरू बाध्य भई दक्षिणपूर्व एसिया तथा दक्षिण भारतको अन्दामन टापुको जङ्गलतिर गई लुकेका थिए भन्ने भनाइ छ । सायद नयाँ आगन्तुक ती आदिम समूहरूले मध्य एसियामा मानव सभ्यताको विकास गरी एसियाको मानव इतिहासमा एक ठूलो शासकको रूपमा नाम राखेको हुनुपर्दछ । हुनसक्छ तामाङहरू यिनै आदिम समूहहरूको सन्तानहरू हुनपर्दछ तर यिनीहरूको साच्चिकै प्रमुख पुर्खा तथा वंशहरू पत्ता लगाउन चाहिँ यी समुदायको बिभिन्न थरहरू लगायत मंगोल तथा चाइनिजबाट नमुनाको रूपमा डि।एन्।ए। परीक्षण नगरी त्यसै ठोकुवा गर्न भने सकिन्न ।
हो यहि सन्दर्भलाई थप प्रमाणित गर्न तेन्जिन गैडेनको विद्यावारिधि शेधपत्रले पुष्ट्याई गरेको छ । उनको ‘जेनेटिक डाइभरसिटी इन द हिमालयन पपुलेशन अफ नेपाल एण्ड तिब्बत’ नामक विद्यावारिधि शोधपत्रमा उल्लेख गरे अनुसार ४५ जना तामाङहरूको दुई पुस्ते रक्त संङ्कलन गरि जेनेटिक्स जाँचमा बहुसङ्ख्यक तामाङहरूको वाई क्रोमोजम वाई हेप्लोग्रुप O3a5cM134 (८६.६५) पूर्वी एसियन ९मंगोलिया, पूर्वी चाइना, जापान, कोरिया आदि० मानिसहरूसँग मिलेको प्रमाणित हुन्छ । र पछि यी तामाङ जाति तिब्बत हुँदै नेपाल आएसँगै स्थानीय महिलाको जीनसँग समिश्रण भएको पाइन्छ । यसर्थ जीव विज्ञानको अनुसार तामाङ जातिको छयासी अर्थात् लगभग सतासी प्रतिशत पूर्खा भनेको पूर्वी एसियन मानिसहरू हो भन्ने बुझिन्छ (Gayden, 2012)।
जेनेटिक्स रूपमा निकै समान भए तापनि यी जातीय समूह र मंगोलियाको आदिम जातीय समूहहरूबीच सांस्कृतिक तथा परम्परागत संस्कारहरूमा पनि केही समानता रहेको कुरामा भने कुनै शङ्का गर्ने ठाउँ नै छैन । ती मंगोलहरूको जन्म स्वतन्त्र तथा समान रूपमा भेदभावविहिन भएको हुन्छ । झाँक्री धर्मको विचार लिएको हुन्छ जुन तिनीहरूको शक्तिशाली स्वर्गीयचेतना र त्यही अनुरूप परिवर्तन भई त्यसैअनुसार काम लगाइएको हुन्छ (Onon, 2005) । त्यो झाँक्रीवादको अभ्यास बोन धर्म अन्तर्गत अहिले पनि तामाङ जातीय समूहको संस्कारको रूपमा रहिरहेको पाउदछौ जुन छैटौँ शताब्दीतिर मिश्रित बुद्धिष्ट हुनुभन्दा पहिलेदेखि थियो । त्यसै गरी लिपि, भाषा, संस्कार, संस्कृति आदिम धर्म इत्यादिमा पनि समानता पाउदछौ । यसैकारणले गर्दा नेपालमा तिब्बती बर्मन भाषा परिवारको मंगोल समुदाय भनी तामाङहरूलाई चिनिन्छ ।

Comments

comments

Read More