अमृत योन्जनले स्थापना गरे ‘म्हेन्दो ट्रस्ट’

काठमाण्डौ: २ पौष २०७६: भाषाशास्त्री अमृत योन्जन तामाङले तामाङ भाषामा बाल साहित्य र तामाङ बालबालिकामा पठन संस्कृति विकासको लागि ‘म्हेन्दो ट्रस्ट’को स्थापना गरेको छ ।
नेपाल सरकारबाट प्राप्त पुरस्कार एक लाख र उहाको व्यक्तिगत एक लाख गरि जम्मा दुई लाख रुपैयाँको कोष स्थापना गरिएको कुरा तामाङ्गले सामाजिक सञ्जाल फेसबुक मार्फत् सार्वजनिक गरेका छन् ।

फेसबुकमा उहाले लेख्नु भएको छ “हालै मैले पुरस्कार स्वरूप नेपाल सरकारबाट ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ (२०७६) प्राप्त एक लाख रुपैयाँ र मेरो आफ्नो तर्फबाट एक लाख थप गरी दुई लाखको ‘म्हेन्दो कोष’को स्थापना गरिएको हो ।’ ‘यो कोष घुम्ति कोषको रूपमा रहनेछ । बाल पाठ्य सामग्री उत्पादन गरेपछि यसको बिक्री गरेर कोषलाई निरन्तर र नियमन गरिनेछ ।’ तामाङ बालबालिकामा पठन संस्कृति विकासको लागि यो कोषको रकम खर्च गरिनेछ। यस कोषमा आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि जो कोहीले रकम जम्मा गर्न सकिनेछन्। तामाङ भाषामा बालसाहित्य निर्णाण, विकास र वितरणको लागि सबैलाई अनुरोध गर्दछु। विशेष गरी बालसाहित्य लेखनका लागि लेखकहरूलाई हार्दिक अनुरोध गर्दछु। यो कोष मेरो तेस्रो पुस्ता म्हेन्दोका नाउँमा स्थापना गरिएको हो। म्हेन्दोले यसै हप्ता अन्न ग्रहण गरेका छन्।”

फेसबुकमा राखिएको तेस्रो पुस्ता म्हेन्दो
फेसबुकमा राखिएको तेस्रो पुस्ता म्हेन्दो

हालका लागि कोषको परिचालन उनी आफै अध्यक्ष रहेको संस्था ‘तामाङ न्हाङखोर’ले गर्ने जनाइएको छ ।

Comments

comments

Read More