आज २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस : पोखरामा विविध कार्यक्र्म गरि मनाइयो

पोखरा,१६ माघ २०७६: २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस पोखरामा एक कार्यक्रम गरि मनाइएको छ। लोकोंतर लोकवादी विचार अभियान र कोकोम्हेन्दो साहित्य समाजको सयुक्ता आयोजनामा सम्पन्न उक्त कार्यक्रमा लामा गुरुदोय पदम लामा र प्रेम लामाले सयुक्ता दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो ।

प्रज्ञा दिवसको विषयमा प्रकाश पार्दै लोकोतर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद तामाङ्ग ले हिजो काठमाडौं खाल्डोको तालको पानि निष्कासन गरेर मानव बस्ति बसाउने महान व्याक्तित्व मन्जुश्री कालान्तरमा सरास्वती भएको विचार सप्रमाण सहित राख्नु भयो । हाम्रो समुदाय शैक्षिक रुपमा कम्जोर भएको फाइदा लिदै वास्तविक लुकाउदै जनतामा भ्रम छर्दै पुरुष मन्जुश्रीलाई महिला सरस्वति बनाइएको मा दुख समेत व्यक्त गर्नु भयो  । भाषाको विषयमा बोल्नु हुदै तामाङ्ग ले भन्नु भयो ” भाषाले तामाङ्ग पाना बोक्नु पर्छ यदि त्यो भाषाले तामाङ्ग पन बोक्दैन वा दर्शाउदैं भने त्यो हाम्रो भाषा हुदै होइन “

लोकोतर लोकवादी विचार अभियानका प्रवर्तक: धन प्रसाद तामाङ्ग

कार्यक्रम बोल्दै लामा गुरु प्रेमले ल्होछारको विषयमा रहेको भ्रम हटाउनु पर्ने दर्शाउदै ल्होछार किन मनाउने भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्नु भयो  । साथै भाषा लिपिको विषयमा रहेको भ्रम चिर्दै हामीले हाम्रो निचोड समयमै निकालेर भाषाको सरक्षण गर्नु पर्ने बताउनु भयो  ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नु हुदै कोकोम्हेन्दो साहित्य समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक वाइवा तामाङ्ग ले लोकोतर लोकवादी विचारले गरेको तामाङ्ग मौलिक सस्कार सस्कृति खोज एकदमै प्रसशानिय रहेको बताउदै यस्तो कार्यक्रम गर्दै अबको पुस्तालाई सस्कृति हस्तान्तरण गर्ने बताउनु भयो  ।

Comments

comments

Read More