ह्योल्मो समाज कास्कीले सोनाम ल्होसार भव्यताका साथ मनायो

पोखरा, १८ माघ २०७६:

नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीले २१४७ औं च्याग फो ज्यिवा ल्हो(मुसा वर्ग) सोनाम ल्होसार शनिवार भव्यताका साथ मनाएको छ। कार्यक्रममा ल्होसार शुभकामना आदान आदानप्रदान, सम्मान, विविध साँस्कृतिक कार्यक्रमका साथै सामुहिक प्रीतिभोज गरी पोखरा चाउथे स्थित आफ्नै नवनिर्मित भवनमा सोनाम ल्होसार मनाएको हो।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो भने उच्च शिक्षा हासिल गरेका ह्योल्मो विद्यार्थीहरु रोजिना लामा ह्योल्मो, स्मृति ह्योल्मो, सन्नी गुरुङ ह्योल्मो, श्रेया लामा ह्योल्मो र समिक्षा लामा ह्याल्मोलाई सम्मानपत्रले कार्यक्रममा प्रमुख अतिथि नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रीय समितिका अध्यक्ष पेमा ज्यावा ह्योल्मो र कास्की अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले सम्मान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रीय समितिका अध्यक्ष पेमा ज्यावा ह्योल्मोले कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सोनाम ल्होसार परम्परागत ढंगले मात्रै नभएर नयाँ ढंगले मनाउनुपर्ने बताउनुभयो। ह्योल्मोहरुको एकताका साथै जनआन्दोलन पश्चात ल्होसारमा प्राप्त अधिकारको माग र राज्यलाई दवाव समेत दिनुपर्ने बताउनुभयो। नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले भवन निर्माण गरी उदाहरणीय बनेको भन्दै केन्द्रीय अध्यक्ष पेमाले प्रसंशा गर्नुभयो।

कार्यक्रममा ह्योल्मो समाज सेवा संघ नवलपरासीका अध्यक्ष रामप्रसाद ह्योल्मो, लमजुङका अध्यक्ष यमबहादुर ह्योल्मो, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल ह्योल्मो महिला समाज सेवा संघ कास्कीकी अध्यक्ष तिलकुमारी ह्योल्मोले शुभकामना व्यक्त गर्नुभएको थियो भने भवन निर्माण समितिका संयोजक खडगबहादुर ह्योल्मोले भवन निर्माणका लागि करिब ७० लाख रुपैया सहयोग संकलन भएको लगायत जानकारी दिनुभएको थियो।

Comments

comments

Read More