सोनाम ल्होछार सास्कृतिक कार्यक्रममा बुद्ध लामा मुलखर्क आउदै

मुलखर्क, ओखलढुंगा २२ माघ २०७६ : तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार मन्जुश्री संवत २८५६ औं जीवा ल्हो(मुसा वर्ग) को पावन अवसरमा हुने सोनाम ल्होछार शुभकामना आदानप्रदान खेलकुद तथा बृहत सास्कृतिक कार्यक्रम मा नेपालको पहिलो नेपाल आइडल बुद्द लामा आउने भएक छन ।

सुनकोशी गाउँपालिका वडा नं.५ मुलखर्कमा हुने उक्त कार्यक्रममा लामा सगै लोकदोहोरी गायक बालकुमार श्रेष्ठ, सेलो गायक जीवन बम्जन, सरिता तामाङ्ग बालकलाकार प्रशान्त तामाङ्ग लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक सुवास तामाङ्गले जानकारी दिनुभयो ।

यहि माघ २४ गते हुने उक्त कार्यक्रमको सबै तयारी पुरा भैसकेको पनि संयोजक तामाङ्गले बताउनु भयो ।

Comments

comments

Read More