तामाङ डाजाङको १९४ औं साहित्य वाचन सम्पन्न

२५ माघ, काठमाडौं । तामाङ ग्योइ थेन ग्योइकाइदा छार्ना लाई । तामाङ ब्रिखेन गिक तासि ब्राइ भन्ने मूल नाराका साथ तामाङ डाजाङको १९४ औं भाग साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

तामाङ भाषालाई साहित्य मार्फत संरक्षण र संम्र्वद्धन गर्ने उदेश्यले हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) तामाङ डाजाङले सञ्चालन गर्दैै आएको छ ।

कार्यक्रममा स्रष्टाहरु सिर्जना गोले, जंग योन्जन, साम्देन दोङ, कविराज काल्तान, रामकुमार जिम्बा, ढुप्साङ लामा, राजु मोक्तान, कुमारसिं दोङ, सुनिता बल, कान्छी माया लामा लगायतले आ–आफ्नो रचना वाचन गर्नु भएको थियो ।

ग्योइकाइ गेताङसंगै जिवा ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान समेत रहेको कार्यक्रममा थाङकु खाइबा निमा घ्याम्छो बल, तामाङ भाषाविद् अमृत योन्जन, तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान, डाजाङका पूर्व अध्यक्ष अर्जुन ग्लान लगायतले आफ्नो भनाईसंगै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
डाजाङका सह सचिब साम्देन दोङले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य रचना मोक्तानले स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष फूलकुमार बम्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments

comments

Read More