एनआरएन युकेकी अध्यक्षको सहयोगमा १ लाखको अक्षयकोष स्थापना

पोखरा, ६ फागुन २०७६: एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले शैक्षिक विकासका लागि आफ्ना स्वर्गीय बाजे क्या.बिर्तासिंह गुरुङको नाममा पोखरा महानगरपालिका वडा नं.१३ मा रहेको विजयपुर आधारभुत विद्यालयमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । विद्यालयको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा बोल्दै गुरुङ्गले यस्तो घोषण गर्नुभयो ।

अध्यक्ष गुरुङलाई विजयपुर आधारभुत विद्यालय परिवार, पोखरी गाँउको चण्डेश्वरी आमा समुहले मायाको चिनोसहित फूलमाला, खादा, अबिरले सम्मान गरिएको थियो भने माइती खलक म्रोम्जो कोने घोताने परिवारले गुरुङ पोशाकसहित बधाई र सम्मान गरिएको थियो।

Comments

comments

Read More