म मरिसकेकाे छैन भाइ

माफी चहान्छु भाइ
तिमीलाइ ठुलाे पीर चिन्तामा पारें
सांच्चै पीरमा त हामीले सरकारलाइ पारेका छाैं
भाइराहत मांगेर,नांगाे खुट्टा हजाराै माइल हिडेर,
गरीबी देखाएरविवशता देखाएर,नांगाेपन देखाएर ।

भनिरहेछन् यिनले हाम्राे बेइज्जत गरिराछ,
यिनलाइ नांगाे खुट्टा हिडेर गांउ जानुपर्ने,
भाेकभाेकै हिडेर तमाशा देखाउनु पर्ने,
स्टे हाेम, स्टे सेफ भनेकाे हाेइन,
यिनलाइ बाहिर हिडेर नाटक देखाउनु पर्ने,
समाज बिराेधी तत्व हुन् यी,यिनिहरू नभए देश स्वर्ग बनिसक्थ्याे ।
हाे भाइ केही समय अघि त हाे नि,
मजदुरकाे लागि देश स्वर्ग हुन्छ भनेकाे,
हाम्राे मुखियाकाे तस्वीर पाेल पाेलमा मैले नि टांगेकाे,
नयां युगकाे सुरूवात भएकाे,
देश स्वर्ग जस्तै बनेकाे,
काेही भाेकै बस्न नपर्ने,
काेही नांगै बस्न नपर्ने,
मजदुरकाे सुरक्षा ग्यारेन्टी भएकाे ।
कमता खुशी त भएकाे थिइनँ म त्याे दिन भाइ।

हाे भाइ,
इट्टा भट्टाकाे साहुले निकाले देखि,
म सडकछाप भएकै हाे, बेखर्ची भएकै हाे,
सुन्याथें मजदुरकाे कुनै देश हुदैन, जात हुदैन, धर्म हुदैन,
यिनीहरू अन्तर्राष्ट्रिय हुन्छन्,
यिनिहरू सर्वरहारा हुन्,
म पनि बास बिहिन भएँ भाइ ।

बेसाहारा म हाम्रै तल्ला घरे साइलाकाे छाप्राेमा अाेत लाग्न गएकाे पनि हाे भाइ ।

अन्नकाे दाना सकिएपछि, खल्ती रितिए पछि,
राहतकाे लाइनमा लागेकै हाे
वडामा नाम लेखाउन गाकै हाे
वडाले भन्याे घर भाडामा बसेकाे प्रमाण ल्याएर अाउ
बिचरा साइला गुठीकाे जग्गामा टहरा हाल्नेले
कहाँकाे प्रमाण ल्याअाेस र भाइ ।

खल्ती खाली र मुखमा माँड लाउने केही नभएपछि,
मध्यरातमै निस्केकाे छु भाइ,
चाेक चाेकमा गाैडा गाैडामा पुलिसकाे डण्डा खादै अाउदैछु,
काेशीकाे किनारै किनार हिड्दैछु,
काेशीकाे पानीले भाेक मेट्दै,
हिडिरहेछु,  म मरिसकेकाे छैन भाइ

लेखक मकर ब. तामाङ घिसिङ सुनकोसी गाउपालिका वडा न 5 मुल्खर्क

नोट:याे रचना राजु स्याङतानकाे दाइ हराएकाे सुचनाकाे प्रत्युत्तरकाे रूपमा तयार पारिएकाे हो

Comments

comments

Read More