काठमाडौंको नर्समा देखिएको आरडीटी पोजेटिभ टेकुमा नेगेटिभ, हल्लाका पछि नलाग्न मन्त्रालयको आग्रह

काठमाडौं । काठमाडौंमा देखिएको भनिएको कोरोना संक्रमण नेगेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले हल्लाका भरमा नलाग्न आग्रह गर्दै उक्त कुरा बताएका हुन । केही दिनयता केन्द्रीय कारागारका कैदीहरुलाई रुघाखोकी र ज्वरोको लक्षणहरु बढ्न थाले पछि केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु सशंकित बने । तर, कोराना हो कि होइन जाँच गर्न उनीहरुसँग टेस्ट किट थिएन ।

अस्पताल प्रशासन र चिकित्सकहरुको छलफलले जसरी भएपनि कोरोना परीक्षण गर्नुपर्ने निष्कर्ष निकाल्यो । स्वास्थ्य सेवा विभाग, टेकुले उनीहरुलाई दुई सय थान र्यापिड डायग्नोष्टिक किट उपलब्ध गरायो ।

गत सोमबार उनीहरुले पहिलो चरणमा अस्पतालका ६८ मध्येका ४० कर्मचारीको र्यापिड टेस्ट गरे । सुरुमै दुई जना नर्सको रिपोर्ट पोजेटिभ आयो । त्यो नतिजाले उनीहरु ढुक्क हुन सकेनन् र फेरि जाँच गरे । दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ नै आए पछि टेकुमा थप परीक्षणको लागि स्वाब पठाईयो ।

पीसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अहिले घर फर्किएका छन् । नयाँ या पुरानो जुनसुकै अवस्थाको संक्रमण भएपनि त्यसको स्रोत पत्ता लगाउन मुस्किल पर्छ । त्यसैले सबै कैदी तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुको विकल्प नभएको टेकु अस्पतालको भनाई छ ।

कारागारमा भएका कैदिबन्दीहरुलाई भेट्न मानिसहरुको आउ–जाउमा अहिले रोक लगाइएको छ । तर उनीहरुसँग अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क हुन्छ । यसले नयाँ या पुरानो जुनसुकै अवस्थाको संक्रमण भएपनि त्यसको स्रोत पत्ता लगाउन मुस्किल पर्छ । त्यसैले सबै कैदी तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुको विकल्प छैन । तर सबैको नमुना परीक्षण गर्न टेस्ट किट अपुग भएको टेकुु अस्पतालले जानकारी दिएको छ ।

Comments

comments

Read More