सम्धी मलाइ थाहा छ तपाइको आफ्नै घरमा चुलो बल्न गाह्रो छ तर किन तपाइँ आफै जलेर दुनियालाई उज्यालो दिइरहनु भएको छ?


पोखरा १३ जेेठ

झन्डै तिन महिनादेखि संसार कोभिड -१९ (कोरोना भाइरस) ले आक्रान्त छ संसारभर लगभग ५५ लाख पच्चीस सय १२ संक्रमित छन् करिब २२ लाख ले पुनर्जन्म लिए जस्तै कोरोना मुक्तभैसकेका छन यहि क्रममा नेपाल बिगत दुइमहिना देखि लक डाउनमा छ सारा नेपालि कोभिड – १९ को त्रासमा बाचिरहेका छन् हाल नेपालमा झन्डै ७७२ संक्रमित छन् १०९ उपचार पश्चात निको भएको छ भने ४ जनाको मृत्यु भैसकेको छ त्यस्तै ४जनामा पुन कोरोना संक्रमण देखिएपछी फेरी भर्ना भएको अहिले को यो अवस्थामा राज्यले आफ्नो नैतिकता जोगाउने काम भन्दा बाहेक केहि परिणाममुखी काम गर्न सकिरहेको छैन जनता झन्डै दुइ महिना को यति लामो लक् डाउन ले आजित भैसकेका छन् लक् डाउन लम्बिए संगै आम सर्वसाधारण जो दैनिक ज्यालादारी गरेर आफ्नो जिबनको गुजारा चलाइरहेका थिए। तिनीहरु अहिले कोरोना भन्दापनि आफ्नो दुइछाक कसरि टार्ने भन्ने ठुलो चिन्तामा छ अब रोगले भन्दा पनी भोगले मर्नेमा आम सर्वसाधारण चिन्तित छन् अझ यहि बिचमा माध्यम वर्गलाई झन् सकस परिरहेको छ न माग्न सक्छ न काम गर्ने वातावरण नै छ न कसैले राहत सिफारिस गर्छ कोरोनाको त्रास आफ्नो ठाउमा छदैछ तर यहा दैनिक जिबन गुजारा चलाउन सक्ने अवस्थासम्म छैन
सायद तपाइले यहि समस्या को महसुस गर्नु भयो र त् आज तामाङ कलाकार /चलचित्र कर्मी, प्राविधिक र विपन्न वर्गलाई राहत तथा सहयोग अभियान को सुरुवात गर्नु भयो ए साच्चै सम्धी त्यो तपाइले अभियानको सुरुवात गर्नको लागि दिएको दश हजारले त् तपाइको दुइ महिनाको घरको भाडा पुग्थ्यो हैन र?फेरी किन तपाईलाई हुनेखाने बन्नु पर्यो ?किन सामाजिक अभियन्ता बन्नु पर्यो?तपाईलाई हिरो बन्नु पर्ने?राहात बाडेर हिरो बन्छ र ? तामाङ् चलचित्र उद्योगमा तपाइको ठुलै योगदान छ यसमा मैले अहिले चर्चा नगरौ होला ।अनि यत्ती धेरै फिल्ममा हिरो बनेर पुगेन तपाईलाई ? सारा तामाङ कलाकार /चलचित्र कर्मी, प्राविधिक र विपन्न वर्गलाई राहत वितरण तथा सहयोग अभियान को पिडा,समस्या बुझेर उनीहरुको समस्यामा सहयात्री बनेर के तपाई भोली मन्त्री बन्ने होर कि नागरिक नायक बन्ने हो ?
अह हैन त्यो मलाइ थाहा माथिको प्रश्न को कुनै जवाफ तपाइँ भित्र पाउदिन म ।नकी म संगै नै छ त्यसको जवाफ ।तर पनि यो समाजको अर्धचेतन मानसिकता बोकेको अहंकारी हरुको भिडमा खुट्टा तान्ने कुरा काट्ने ईर्ष्या गर्ने अनि अरुले गरेको कामप्रती जलन हुने जमातहरुको बिचमा तपाईं एउटा यस्तो अभियान्ता हो जो आफै जलेर यो दुनियालाई उज्यालो दिने एउटा पुलको सहजीकरण गर्दै हुनुहुन्छ यसमा न कुनै स्वार्थ छ ,न कुनै अपेक्षा छ, न कुनै महत्वाकांक्ष छ बस निश्वार्थ भावले यो अभियान मा लागिरहनु भएको छ म त् तपाईलाई देखेर आफै चकित पर्छु तपाइहरु संगै म पनि सहयात्री गर्दै हिडौ झै लाग्छ सोच्दासोच्दै कहिलेकाही रातभर जाग्रम नै बस्न बाध्य हुन्छु तर पनि अहिले चाहेर पनि भौतिक रुपमा तपाइको अभियान मा प्रत्यक्ष सहभागी हुन सक्ने अवस्था छैन त्यसको लागि माफी चाहन्छु सम्धी । तर यो त्यस्तो ठुलो गिनिज बुकमा नै लेख्ने एकदमै नया नौलो अभियान चाहि हैन है सम्धी जबकी मैले यसको बारेमा दिल खोलेर प्रशंसा गर्नै पर्छ जस्तो पनि लाग्दैन।
तर अहिलेको अभियान ले तामाङ् चलचित्र उद्योगमा चाही यो पक्कै पनि ऐतिहासिक अभियान हो जसको सुरुवात तपाइले गर्नु भयो साच्चिकै तपाइँ दौडिरहेको देखेर यो अभियान मा दिनरात सहजकर्ताको भूमिका निर्वाह गरिरहेको देखेर मेरो मन अत्यन्तै भावबिह्वल हुन्छ आँखा त्यसै अनायसै रसाउछ सायद यो खुशीको आँसु हो। आफैलाइ आत्माग्लानी हुन्छ तरपनी आफुलाइ सम्हाल्दै तपाइको अभियान लाई अप्रत्यक्ष रुपमा भएपनी साथमै रहेको महसुस होस भनेर नै आज यो निर्जिव शब्दहरुको साहरा लिएर यो शब्दहरु मार्फत आफ्नो मनको भावाना पोख्दै तपाईं संगको सामिप्यता को उजागर गर्न चाहेको छु। यसको मतलब यो हैन कि म तपाइको प्रशंसा गरेर समयको बर्बादी होस, बस यहि चाहन्छु कि यो अभियान मा अझ शसक्त रुपमा लाग्न तपाइलाइ थप हौसला मिलोस प्रेरणा मिलोस आत्माबल बढोस अझ धेरै पीडित ले राहत पाओस यहि कामाना सहित आज केहि नेपाली शब्दकोश को सापटी लिएर मेरा थोरै अनुभुती हरु तपाईं सामु बुलन्द गर्दै छु।

साच्चै अहिले यो समयमा मान्छे हरु एक ले अर्कोलाई छुन समेत खोज्दैनन् कुनै नया अनुहार देख्ने बित्तिकै तर्किन्छन सहयोग को त के कुरा सडकमा निस्कियो पुलिस ले लाठीचार्ज गर्छन यस्तो विषम परिस्थितिमा पनि तपाइँ आफ्नो अनि जिन्दगीको कुनै पर्वाहा नगरी दिनरात खट्दै समस्या मा परेका सम्पुर्ण तामाङ कलाकार प्राबिधिक लगायत लाई सहयोग को सहजीकरण गर्नु आफैमा एउटा मानव धर्म हो यसमा मैले तपाइलाइ यो निर्जिब शब्दको उपयोग गरेर दुइचार कुरा लेखेर फुर्क्याउनु जरुरी छ जस्तो लाग्दैन तर बस यति चाहिँ भन्नै पर्छ कि तपाईं दियो हो जो आफु जलेर अरुलाइ उज्यालो दिइरहेका छन।यो महान अभियान मा तपाईं संगै हात्तेमालो गरेर अगाडि बढ्नु भएको अग्रज ब्याक्तित्व जसलाई मैले पहिलोपटक तामाङ कथानक चलचित्र घ्रान को छायांकन को क्रममा ओखलढुंगा को मुल्खर्कमा संगै सहयात्रा गर्ने मौका पाएको थिए।सायद चिनजान कम भएर होला हामी त्यत्ति खुल्दैन थियौ तर दुई चार दिनको सामिप्यता संगै हामी एकदमै सहजताका साथ हाम्रो मित्रताको ढोका खोल्दै निरन्तर यात्रारत जिन्दगी को कुनै मोडमा नबिर्सिने साइनो गाँस्न सफल भैइयौ। अजय स्याङ्तान ज्यु लाई म त्यत्ती नजिक बाट त चिनेको छैन तर बस उहाको शालिनता सहनशिलता बौद्धिकता लगनशीलता अनि उहाको ब्याक्तित्व देखेर म पहिल्यैदेखि प्रभावित थिए साच्चिकै तामाङ चलचित्र उद्योग मा एउटा खम्बा हो सायद उहाको यहि व्यक्तित्वले होला सायद आज यो महान ऐतिहासिक अभियान मा एउटा सशक्त अभियान कर्ताको रुपमा हुनुहुन्छ हजुर हरु दुबैजनालाइ मेरो ब्यक्तिगत तर्फबाट हार्दिक नमन छ बस यो निर्जिव शब्दको साहराले तपाइहरुको अभियानमा दुइचार कुरा लेख्नुभन्दा म संग अरु बिकल्प पनि के नै छ र?।हामी काम गर्ने यो मुस्कान कत्ति जान्ने बनेर हाम्रो विश्लेषण गर्ने भएछ भन्ने नठान्नु होला।
यत्ती हो कि आजको यो विषम परिस्थितिमा समस्या मा परेका तामाङ कलाकार, प्राबिधिक लगायत बिपन्न बर्गको हरुको निम्ति तपाइहरु एक साच्चिकै मानवताको खम्बा बनेर उभिरहनु भएको छ यहाहरुलाइ मेरो हृदयदेखी नै हार्दिक सम्मान छ यो अभियान निरन्तर रहोस।र तपाइहरुलाइ भन्दा बढी सम्मान चाहिँ सम्पुर्ण सहयोगिदाता हरुलाइ दिन चाहन्छु आज हेर्नुस त देश बिदेशमा रहेर आफ्नो एक एक थोपा पसिनाको मुल्य जोगाएर आज तपाई हरुको अभियान मा साथ दिदै हाम्रो समस्या परेका तामाङ कलाकार, प्राबिधिक लगायत बिपन्न बर्गहरुको घरको चुलोको साहारा बनेको छ जिन्दगी को सहयात्री बनेको छ।हो भोग्न नसकेपनी महसुस गरेको छु बिदेश को पीडा संघर्ष को पसिना कति गरम हुन्छ भनेर तर हेर्नुस हाम्रा तामाङ कलाकार प्राबिधिक हरुको समस्या सुन्न नसकेर आफ्नो एक एक पसिनाको थोपा संकलन गरेर आज सहयोगिदाता हरु हाम्रो चुलो र चौकामा हामिलाइ साथ दिन हात्तेमालो गरिरहनु भएको छ यी सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक नमन संगै सम्मान ब्यक्त गर्दछु यो शब्दहरु ले यहाहरुको योगदानको उच्च सम्मान त गर्दैन होला तर साच्चिकै तपाइको सहयोग ले तपाईंको मनले गर्दा आज हाम्रो तामाङ कलाकार हरुको घरमा चुलो बलेको छ दुइछाक टरेको छ त्यसैले तपाई हरु माहन हुन भन्न मलाइ कुनै अत्युक्ति लाग्दैन।
मानिस जन्मिन्छ अनि मर्छ त्यो एउटा प्राकृतिक नियम हो
आखिर मर्नुनै छ एकदिन भने बाचुन्जेल दुख पीडा समस्यामा परेकाहरुलाइ सहयोग किन नगर्ने??साथ किन नदिने? आफ्नो लागि त एउटा पशु पनि बाचेका छन नि हामी त मानव हो त्यसैले त ससांरको चेतनशिल प्राणिको उपमा पाएका छौ हामिले।तर अहिलेको यो आधुनिक समाजमा बिस्तारै मानबता हराइरहेको परिप्रेक्षमा तपाइहरु एक सच्चा हृदयका महामानव भएर यो अभियानमा जोडिनु भएकोछ सम्पुर्ण सहयोगि दाताहरुलाइ पुन एकपटक हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु। र भन्न चाहन्छु कि हाम्रो जीवन सेवा गर्नकै लागि जन्म भएको हो अरे यार आफ्नो लागि त एउटा पशु पनि बाचेको छ नि हामी त संसार को चेतनशिल प्राणी होनि हामिले नि अरुको लागि समाजको लागि देशको लागि सोचेन भने कसले सोच्ने?तपाइले कहिल्यै देख्नु भएको छ भैसिले गाइगोरुको लागि सहयोग अभियान चलाको?तपाइले कहिल्यै देख्नु भएको छ माछाले बाघ जंगलमा भोकै छ भनेर सहयोग को अभियान चलाको? अह मैले त देखेको छैन ।हो यसकारण हामी संसारको चेतानशिल प्राणी हो त्यसैले हामिले अरुको लागि गर्नु जरुरी छ।यो हाम्रो मानव सभ्यता हो मानवता हो जिम्मेवारी हो कर्तव्य हो त्यसैले त हामीले संसारको चेतनशिल प्राणिको उपमा पाएका छौ।यदि आफ्नो लागि मात्र सोच्ने भए त हेर्नूस त त्यो पशु र हामिमा के फरक छ?हाम्रो संघर्ष सुखको लागि हो सन्तुष्टि को लागि हो वास्तवमा सुख दिनुमा छ त्याग्नुमा छ कोहिकसैलाइ बाड्नुमा छ अरुको दुखमा सहारा बन्नुमा छ ।बस साच्चिकै दिनुमा जति आनन्द संसारको कुनैपनी चिजले दिन सक्दैन ।त्यसैले तपाईं सम्पुर्ण सहयोगी महानुभावहरुलाइ हार्दिक सम्मान ब्यक्त गर्दै ऋतुराज सम्धिलाइ भन्न चाहन्छु कि सम्धी यो दुनियाँमा कुरा काट्ने खुट्टा तान्ने नकारात्मक टीका टिप्पणी गर्ने हरु देखेर कतिपनी आफ्नो आत्माबल नघटाउनु बस आफ्नो अभियान मा लागिरहनु निरन्तर लागिरहनु तपाईं हामिले यो अभियान कोहि कसैको प्रशंसा पाउन सम्मान पाउन गरेको हैन हाम्रो तामाङ कलाकार हरुको दैनिक रोजिरोटी को ब्यबस्था गर्नको लागि हो तपाइको यो अभियान ले निरन्तरता पाओस यहि शुभकामना छ।

अहिलेसम्म को सहयोगिदाता हरुको नामवली सहित यहाहरुलाइ पुन एकपटक हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु

सहयोगी दाता हरुको नामावली)
(१) फुर्बा दोर्जे मोक्तान तामाङ रु,३१,१३०/- मलेसिया
(२)ऋतुराज पाख्रीन रु,१०,०००/-नेपाल
(३)अजय स्याङतान रु,१०,०००/-नेपाल
(४)अनिता नेगि रु, ५,०००/-नेपाल
(५)रन्जिता ब्लोन लामा रु, ५,०००/-नेपाल
(६)रोशन फ्युबा तामाङ रु, ५,०००/-नेपाल
(७)दावा फिन्जो तामाङ रु,५,०००/-नेपाल
(८)अन्जुली लोप्चन रु,५,०००/-दुबई
(९)रन्जिता स्याङतान रु,५,०००/-दुबई
(१०)बिनोद लामा रु,५,१५०/- नेपाल
(११)सागर लामा रु,५,१०१/-मलेसिया
(१२)सन्दिप स्याङतान रु,५,०००/-नेपाल
(१३)कुमार ओख्रेली रु,५,०००/-कतार
(१४)छिमि माम्बा रु,५,०००/-नेपाल
(१५)मनिश लोप्चन रु,५,०००/-दुबई
(१६) टुल्साङ मोक्तान रु,५,०००/-नेपाल
(१७)आश्मान वाइबा रु,१०,५००/-नेपाल
(१८)जीवन घ्लान रु,५,०४१/-मलेसिया
(१९)संगीता मोक्तान रु,३,०००/-दुबई
(२०)दिपक थिङ रु,१०,०५०/-कतार
(२१)प्रेम थोकर तामाङ रु, ५,०२३/मलेसिया
(२२)मिलन पाख्रीन रु,५,०००/-कोरिया
(२३)करण वाईबा रु,५,०००/- नेपाल
(२४)साहारा लोप्चन रु,६०७२/-साईप्रस
(२५)राज लामा पाख्रीन रु, ५,५०० दुबई
(२६)हिसिला थिङ रु,१०,००० साईप्रस
(२७)सोम रुम्बा रु,३,००० दुबई
(२८)संगीता घले रु, ६,६०२ साइप्रस
(२९)राज लामा रु,२,५०५ नेपाल
(३०)लामा घिसिङ रु,५,०००नेपाल

Comments

comments

Read More