जनताको सेवा गर्न पाएको छु, त्यसैमा खुसि छु : रामकृष्ण ब्लोन

काठमाडौं , १३ जेस्ठ २०७७:

कोभिड-१९ अर्थात् कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको बेला नेपाल पनि त्यसमा अछुतो छैन त्यसैले लगभग दुइ महिनादेखि नेपाल पनि  लक्डाउन कायम छ । ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने निम्न आय भएका जनता अहिलेको माहामारीमा सबैभन्दा पिडित भएका छन ।

हाललाई मनको धनी, समाजसेवी, जनताको सेवा नै गर्छु भन्ने नेताको सहयोगको याचन गर्नु बाहेक तिनीहरुसग केहि कुनै विकल्प छैन । थाहा छैन तिनको याचना कतिले सुने या सुनेनन सरकारले करोड करोड बाढदा ति गरिबीको भान्छामा पुग्यो या पुगेन त्यो त सम्बन्धित निकायलाइ  पक्कै थाहा होला ।

तर यति बेला सरकार सगसगै अन्य व्यक्ति, संघसंस्था पनि सरकार भन्दा कम खटेको देखिदैन । हरेक दिन तिनीहरुले लगभग विभिन्न क्षेत्रमा हजारौ विपन्न वर्गलाई खाना खुवाई रहेका छन् । साचै भन्ने हो भने सरकारलाई भन्दा तिनीहरुलाई बढी चिन्ता देखिन्छ जनतालाई खान खुवाउनमा ।

यसै सन्दर्भमा आफुले थाहा पाएको ठाउमा गएर विपन्न वर्गको भान्छाको आगो बाल्ने काम गरेका छन् कृष्ण ब्लोन तामाङ्गले  । 

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति, नेपाल तामाङ घेदुङका संघीय सचिव समेत रहनु भएका युवा नेता तामाङ्गले लकडाउनको समयमा विभिन्न ठाउमा निरन्तर सहयोग गरिरहेका छन ।

सहयोगकै क्रममा बागमती गाउपालिकालाइ ७५ हजार बराबरको चामल गाउपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन तामाङ्गलाइ प्रदान गरेको छ । गाउपलिकाको एक प्रणाली मार्फत राहत बढ्ने भएपछि तामाङ्गले अध्यक्ष तामाङ्गलाइ गाउँपालिकाको कार्यालय भट्टेडाँडा पुगेर प्रदान गरेको गाउँपालिका प्रेस संयोजक दीपकप्रसाद घिमिरेले बताए ।

लकडाउनले गर्दा समस्यामा परेका पाटन क्याम्पसमा अध्ययनरत विद्यार्थीलाइ पनि सहयोग गरेको नेवि संघ पाटनका विद्यार्थी नेता युवराज लामाले जानकारी दिए ।

कहिले आफ्नै गाडीमा बिरामी बोकेर हस्पिटल पुर्याने त् कहिले रासन लिएर घरघर पुर्याउने यो लकडाउन यी यस्तै कामले नेता तामाङ्गको  दैनिकी बनेको देखिन्छ ।

“जनताकै सेवा गर्ने भनेर व्यक्तिगत जीवन त्यागेर हिडियो त्यसैले अहिले यो त मलाई जनताको सेवा गर्ने ठुलो अवसर मिलेको छ, जनताको सेवा गर्न पाउदा खुसि छु” नेता तामाङ्गले इसरोकारमा भने

Comments

comments

Read More