झापामा थप १७ जना कोरोना संक्रमित भेटिए

१४ जेठ, काठमाडौं । बुधबार झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगिता मिश्रले जानकारी दिइन् ।

संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन् ।
बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन् ।

बुधबार बिहानै रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना संक्रमित थपिएका हुन् ।

Comments

comments

Read More