बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८८६ पुग्यो

१४ जेठ, काठमाडौं । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

Comments

comments

Read More