हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

पोखरा १५ जेठ।

कठै गणतन्त्र तिम्रो शब्द बेचेर
सिंहदरबार र बालुवाटार बसाइ सरेका
सर्वहाराको खोल ओढ्ने सामन्तिहरु
रास्ट्रको ढुकुटी लुटेर झुपडी बाट महलमा रम्नेहरुको कारण
आज रुकुमले तिमि लाई गिज्याइ रहेछ
मानवअधिकार को डलरे हरुलाइ कुरिकुरी गरिरहेछ
संघियता लोकतन्त्र र गणतन्त्रको बर्खिलाप मात्र हैन
समानता र समानुपातिक समावेशीताको बलात्कार गरिरहेको छ ।

गणतन्त्र को फेटा बाधेर हजारौ नेपाली आमाको कोख रित्याएर हजारौ नेपाली नारिको सिउदो पखालेर ल्याएको गणतन्त्र
के यसैको लागि थियो ?
कठै आज तिनै गणतन्त्र जहाँ एक सच्चा प्रेमिले आफ्नो ज्यानको आहुती दिनुपरेको छ।

कठै गणतन्त्र तिम्रो शब्द बेचेर
आज तिम्रै अस्तित्व लुटिरहेका छन
अनि तिमी चाहिँ नबराजको लास माथी बसेर
गणतन्त्र को ढवाङ्ग फुक्न लाज लागेन?

हिजो तिनै तोरिहरु जो आफुलाइ सर्वहारा ठान्थे
जहाँ जनयुद्ध को उद्गम थलो मान्दथे
जहाँ क्रान्तिको उवरभुमी सम्झन्थे
तर आज तिनै ठाउँमा त्यही परिवेशमा
यस्तो बीभत्स हत्या भएको छ

हैट म त अब गणतन्त्र भन्न नि लाज लाग्न थाल्यो तिमिलाइ
तिम्रो नाम सुन्दापनि बियोगको आक्रोश आउन थाल्यो
कता कता गणतन्त्र माथी नै शंका लाग्न थाल्यो
साच्चै तिमी के समानताको नाममा अझै जातीय बिभेदको
संरक्षण गरिरहेको त छैनौ?

तिमिलाइ त लाज पनि लागेन है आफुलाइ गणतन्त्र भन्न?
कति निस्ठुरी गणतन्त्र रहेछ है तिमी?
हेर त नबराजको आमाको आँसु असारे भेल सरि एकोहोरो बगिरहेको छ।
खै तिम्रो सहानुभूति …?खै तिम्रो समानता..?

कठै आज तिनै ठाउमा तिनै जनयुद्धको नाइकेको
इसारामा नबराज जस्तो सच्चा प्रेमिहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ
ओ हेल्लो गणतन्त्र …..
तिमिलाइ अलिकति पनि हिन्ताबोध भएन है ?
नबराजको लास माथी बसेर गणतन्त्र को ढवाङ्ग फुक्नलाइ!

कसम यार तिमिलाइ नबराजको प्रेमले सताउनेछ अब
भुत बनेर तिम्रो अस्तित्व समाप्त पार्न बेर छैन अब
त्यसैले तिमी अब बेलैमा सच्चिन जरुरी छ
र दोषी लाई कार्बाही गरेर नबराजको आत्मा लाई सान्त्वना दिनु जरुरी छ
सायद अलिकति भएपनी कतै तिम्रो नैतिकता जोगाउन सकिन्छ कि?

हेर्नुस त बिचरा ती एकल महिला नबराजको आमा
जो आफ्नो श्रीमानको मृत्युपश्चात् पनि आफ्नो छोराको साहारामा बाचिरहेको थियो।
आजै तिनै आमाको आखाबाट
बगिरहेको भेरी नदि जस्तै आसुको भेल बगिरहेको छ
थाहा छैन उसको गन्तव्य कता हो.।
आफ्नो छोराले प्रेम गरेकै भरमा अकालमै मृत्यु को यात्रा गरिरहदा भावविह्वल छिन होसमा होकि बिहोसमा हो
केही अत्तोपत्तो छैन बाचेर उनी के गर्ने केही ठेगान छैन।
आफ्नो गाँस बाँस कपास को केही अत्तोपत्तो छैन
कठै गणतन्त्र तिमी कति निस्ठुरी रहेछ है?

कि तिमी पनि गणतन्त्र को नाममा उच्च जातिले गरेको पालनपोषणमा भुल्दै आफुलाइ बिर्सियौ ह?
कसम तिमिले त गणतन्त्रको बिल्ला गर्यो यार…..
मलाइ त अब तिम्रो बारेमा बोल्न पनि लाज लाग्न थाल्यो।

आजको एकाइसौ शताब्दिको मा पनि
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि
नबराज जस्तो एक सच्चा प्रेमिले
निरंकुश राजतन्त्र मा भन्दा पनि
दर्दनाक मृत्युको को सामना गर्नु परेको छ ।

साच्चै हेर त……….
फेरि एकपटक रुकुम ले ती एकलजातिय नश्लिय राज्यसत्ताको चाबी बोकेको सिंहदरबार र बालुवाटार लाई कुरिकुरी गरेर गिज्याइ रहेको छ ।।
कठै गणतन्त्र यति धेरै भैरहदा पनि तिमिलाइ
नबराजको आमाको आशुले तिम्रो मन पोलेन है ?

ओ हेल्लो गणतन्त्र ……?
नबराजको लासमाथी बसेर
समानता को ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ?
साच्चै कति निस्ठुरी है गणतन्त्र तिमी?
कसम यार तिमी त हुनेखाने उच्च जातको शासक सामन्ती वर्गको लागि मात्र आएको होकि जस्तो भान भयो मलाइ।

हिजो हामी तिम्रै निम्ति यस्तै जातीय असमानताको
विरुद्ध मा जनयुद्ध लडेका थियो
आज त्यही गणतन्त्र ले त्यही एजेन्डा ले नबराज जस्तो दलित ले आफ्नो सच्चा प्रेमको बदलामा आफ्नो जिन्दगी मृत्युमा सुम्पिनु पर्ने कस्तो गणतन्त्र तिमी ह?
ओ हेल्लो गणतन्त्र ….?
नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ???

भेरी नदिको वारिपारी जनयुद्धको झल्को दिनेगरी लासहरु को लस्कर देखेर
मलाइ तिनै जनयुद्धको झल्झली याद आइरहेको छ
फरक यति हो जनयुद्धको लासहरु गणतन्त्र संघियता समानुपातिक समावेशीता भन्दै जन्तालाई झुकाएर
केही उच्च जातको ब्यक्तिहरुको राज्यसत्ताको प्राप्तिका निम्ति थियोे
आज त्यही गणतन्त्र आएर आफ्नो सच्चा प्रेमको निम्ति आफ्नो ज्यानको बलिदानी दिनुपर्यो।
कठै गणतन्त्र तिमिलाइ भेरी नदिको लासहरुले गिज्ज्याइ रहेका छन
र भनिरहेका छन कि अझै हामि अझैपनी कहिलेसम्म
जातको नाममा धर्मको नाममा वा महिलाको नाममा मृत्युवरण गर्नुपर्ने हो ???
कहिलेसम्म हामि बलात्कृत भएर बस्न बाध्य हुने हो ?
के यहि हो गणतन्त्र ?यहि हो समानता?यहि हो धर्म निरपेक्षता?

अनि यस्तै अन्याय अत्याचार विभेद दमन शोषण सहदै
आफ्नो जिन्दगी मृत्युसंगको साइनो गास्नु पर्ने भए
तिमी जस्तो भ्रष्ट कठोर निर्दयी असमानता को खाडल खन्ने गणतन्त्र किन चाहियो ह हामिलाइ?

त्यसैले म भन्दैछु प्रीय गणतन्त्र …
तिम्रो लागि तिम्रो मर्म तिम्रो भावाना बुझ्न र पाउनको लागि दशबर्से जनयुद्ध भनौ या 62/63 को जन-आन्दोलन
वा मधेस आन्दोलन भनौ
यी फरक फरक तर हरेक आन्दोलन को एउटै सार थियो
एउटै उद्देश्य थियो गणतन्त्र प्राप्तिको निम्ति
समानता समाबेशिता र धर्मनिरपेक्षताको निम्ति
तर नाम मात्र देखाएर तिमिले फेरिपनि उहीँ पुरानै
एक जाती एक भाषा एक धर्म एक देशको जस्तो
नीति अबलम्बन गर्ने हो भने हामिले
बिकल्प खोज्न बाध्य हुनेछौ।

र अन्तमा फेरि भन्छु …
हेल्लो गणतन्त्र ….
नबराजको लासमाथी बसेर
गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ…??

Comments

comments

Read More