नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२ सय १२ पुग्यो

१६ जेठ, काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन ।

त्यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

Comments

comments

Read More